feedback

अमेरिकामा बाटो मुनीको फूल २ चलचित्रले दर्शकहरुको मन छोयो

क्यालिफोर्निया प्रतिनिधि

 3

बिपी जयन्तिको सन्दर्भमा नेपाली जनसंपर्क समिती अमेरिका नर्दर्न क्यालिफोर्नियाको आयोजनामा अस्ती  शनिवार सेप्टेम्बर १७, २०१६ मा  क्यालिफोर्नियाको सान फ्रान्सिस्को बे एरियामा चर्चित चलचित्र बाटो मुनीको फूल २ प्रदर्शन सम्पन्न भएको छ ।  कार्यक्रमको आरम्भमा बिपी जयन्तिको अवसरमा नेपाली काङ्रेसका संस्थापक  तथा नेपालका प्रथम जननिर्वाचित प्रधानमन्त्री स्वर्गिय विश्वेस्वर प्रशाद कोइरालाको तस्बीरमा माल्यार्पम्ण गरी महामानव प्रती श्रद्दा सुमन अर्पण गरिएको थियो।

 हाम्रा प्रतिनिधिहरुले बिभिन्न दर्शक महानुभावलाई चलचित्र बारे प्रतिकृया माग्दा सो चल्चित्रले दर्शकहरुको मन छोएको पाईएको छ। चल्चित्रका विभिन अवधिमा दर्शकहरुको आँखा रसाएको तथा कतिपय बेला खलनायक प्रती क्रोधित भई मुड्की कसेको समेत देखियो।

समाजमा विध्यमान बिकृतिहरु बिशेष गरी छुवा छूतको बिषयबस्तुमा बनेको यो चलचित्र उत्कृष्ट रहेको टिप्पणी गरिएको छ। दिलिप रायमाझी, रिचा शर्मा, एस् कुमार तथा  रीमा विश्वकर्माको    प्रमुख भूमिका रहेको यो चर्चित चलचित्र क्यालिफोर्नियामा सान फ्रान्सिस्को बे एरियाको सुन्दर शहर अलामिदामा  प्रदर्शन भएको छ। सामाजिक बिक्रिती बारे सुन्दर ढङ्गले प्रस्तूत सो चलचित्रले दर्शकहरुलाई भरपूर मनोरन्जन दिनाका साथै सामाजिक बिक्रिती बिरुद्द लड्ने प्रेरणा दिएको उपस्थित दर्शकहरुले बताए। सम्पूर्ण चलचित्र सुमधूर  संगीत, उत्कृष्ट डायलग् तथा प्रभावशाली द्वन्द सँयोजनले भरिएकोले चल्चित्र अबधीभर कती पनि पट्यार नलागेको समेत पर्यवेक्षकहरुले टिप्पणी गरेका छन।

चर्चित गायकको नाममा समेत ख्याती पाएका, सो चल्चित्रका नायक तथा निर्माता एस् कुमार स्वयम सो चलचित्र प्रदर्शनमा बिशेष अतिथिको रुपमा उपस्थित हुनुहुन्थ्यो। यसै गरी बरीष्ठ सिनेकर्मी नारायण पूरी तथा अभिनेता तथा निर्देशक आकाश अधिकारी पनि विशिष्ट अतिथीको रुपमा सम्मानित हुनुहुन्थ्यो। उहाँहरु तिनैजनाले सान फ्रान्सिस्को बे एरियामा बन्न लागेको नेपाली कम्युनिटी सेन्टरको सहयोगार्थ प्रसँसनीय सत्प्रयास प्रती नतमस्तक भएको कुरा बताउन भएको छ। 

2

 

 

 

 

 

 

 

 

 

 

 

 

आयोजक संस्थाका  सभापति पूर्ण शेर्पाको सभापतित्वमा एक समारोहकै रुपमा सम्पन्न सो चलचित्र प्रदर्शन गर्नु अघी नेपाली जनसंपर्क समिते अमेरिकाका केन्द्रिय सल्लाहकार, नेपाली कम्युनिटी सेन्टरका सँयोजक तथा पश्चिम अमेरिका नेपाली महा संघ WANA का अध्यक्ष उत्तम कार्किले सो परीयोजनाको वारे प्रकाश पार्दै नेपाली कम्युनिटी सेन्टरको लागि सहयोग जुटाउन प्रयासरत जनसंपर्क समीती उत्तर क्यालिफोर्निया लगायत सहयोगी संस्थाहरुलाई हार्दिक धन्य्वाद दिनुभयो। आयोजक संस्थाका    महासचिव हरी भट्टले सन्चाल्न गर्नु भएको सो कार्यक्रममा नेपाली जनसंपर्क समिती अमेरिकाका केन्द्रिय सचिव इश्वर सापकोटा, केन्स्द्रिय अनुशासन बिभागका सँयोजक तथा केन्द्रिय सदस्य चन्द्र धिताल, केन्द्रिय अनुशासन बिभागका सदस्य सचिव मणी नेपाली पनेरु, पूर्व केन्द्रिय सदस्य हरिहर दाहाल तथा रबिन्द्र राई लगायत नेपाली जन नसंपर्क समिती अमेरिकाका केन्द्रिय पदाधिकारीहरु तथा सल्लाहकारहरु, च्याप्टरका पदाधिकारी तथा सलाहकारहरु लगायत बिभिन्न संघ संस्थाहरुका अधक्ष, पदाधिकारी तथा एन  सि सि समितिका सदस्यहरुको बाक्लो उपस्थिती थियो।

सो अवसरमा बिभिन्न महानुभावहरुले सो फण्ड् रेजिङ साथ दिनु भएको थियो जस मध्य स्काइ मूभिज का संचालक  आकाश अधिकारी ५०० डलर, हिमालयन फाउन्डेसन्का संस्थापक अध्यक्ष  यज्ञ लाल श्रेष्ठ ५०० डलर, ल अफिस गोपाल शाहका गोपाल शाह २५० डलर तथा ल अफिस अफ यज्ञ नेपालका यज्ञ नेपाल बाट २०० डलर उल्लेखनिय मानिएको छ। त्यसै गरी अर्बान करि रेस्टुराँ सान फ्रान्सिस्को, तन्डूर रेस्टुराँ पिनोल तथा कासा एज्टेका रेस्टुराँ प्रत्यकले १०० डलर सहयोग पुर्‍याउनु भयो। सो अवसर मा नेको फाउन्डेसन्का संस्थापक विश्व भट्ट, व्यवशायी तथा समाजसेवी राजन थापा, समाजसेवी हेमा पनेरु प्रत्यकले १०० डलर सहयोग पुर्‍याउनु भएकोमा आयोजक संस्थाले आभार प्रकट गरेको छ। 

phool-group1img_2411

 

 

Leave a Comment

*