feedback

चितवन सहायता कोष बेल्जियमले बेल्जियमा वार्षीक साधारण सभा तथा दशैं शुभकामना कार्यक्रम गर्ने

chitwan

 

चितवन सहायता कोष बेल्जियमले आगामी अक्टोवर ९ तारिखका दिन बार्षीक साधारण सभा संग संगै नेपालीहरूको महान चाड विजया दशमीको शुभ अवसर पारी शुभकामना आदान प्रदान गर्ने भएको छ । बेल्जियमा वसोवास गर्ने सबै नेपाली दाजुभाइ तथा दिदीबहीनीहरूको अमुल्य सहोयोग, सद्भाव तथा शुभेच्छाको कारण अज यो संस्था यहाँका नेपालीहरूको बिचमा स्थपित हुन सफल भएको छ। त्यसैले गर्दा नै हामिले नेपालका गरिव,असाहाय तथा बिपन्न वर्गका मानिसहरूको स्वास्थ्योपचारमा संलग्न भइ अफ्ना कार्यहरू अगाडी बढाइरहेको छ र करिव ५०,०००००/- पचास लाखको अक्षय कोष खडा गरी त्यसबाट जम्मा भएको व्याजले नेपालमा निशुल्क स्वास्थ्य शिविरहरू तथा थालेसिमीयाका बिरामीहरूलाइ निरन्तर सहयोग गर्दै आइरहेका छौं ।

यीनै बिविध कार्यहरू लगाएत बेल्जियममा भैरहेको गतिबिधिहरूको जानकारी साथै बडा दशैको खुसीयाली साटासट गर्ने उद्देश्यले अयोजीत यस कार्यक्रममा सम्पुर्ण बेल्जियम वासी नेपाली दाजुभाइ दिदीवहीनीहरू लगायत बिभिन्न संघ संस्थाका अध्यक्ष तथा प्रतिनिधीजूहरुमा उपस्थितिको लागी हार्दिक अनुरोध छ । साथै विगतका वर्षहरू जस्तै यस वर्ष पनि चितवन सहायता कोष बेल्जियमले सोही अवसर पारी नेपालबाट युरोप भ्रमणमा रहनु भएका चितवन निवासी आदरणीय अभिभावकज्युहरूलाइ पनि सम्मान कर्यक्रमको अयोजना गरीएको हुँदा उक्त दिन आदरणीय अभिभावकज्युहरूलाइ उपस्थित गराउनुहुन समेत हार्दिक अनुरोध गर्दछै । मितिः ९ अक्टोवर २०१६( आईतवार ) स्थानः नेशनल होटल, एन्टवेर्पेन समयः १४ :०० वजे

 

Leave a Comment

*