feedback

टिकापुर घटनाका फरार अभियुक्त चौधरीले प्रधानमन्त्री प्रचण्डसँग भने: मलाई बचाइदिनु पर्यो

नयाँ दिल्ली – प्रधानमन्त्री पुष्पकमल दाहालले नेपाली सुरक्षा निकायले पक्राउका लागि वान्टेड सूचीमा राख्दै सर्वाधिक खोजी गरेका एक विवादास्पद फरार अभियुक्तलाई उच्च सुरक्षा घेरभित्र भारतमा भेटेका छन् । गत वर्ष टिकापुरमा दुईबर्से बालक र आठ सुरक्षाकर्मीको ज्यान जाने गरी भएको घट्नामा मुछिएका कर्तव्य ज्यान मुद्दाका मुख्य अभियुक्त रेशम चौधरीलाई प्रधानमन्त्री दाहालले शुक्रबार साँझ ताज प्यालेस होटलमा भेटेका हुन् ।

भारत र नेपालका लब्धप्रतिष्ठित व्यापारीलाई सम्बोधनका लागि ताज प्यालेस होटेलमा आयोजना गरिएको कार्यक्रममा दाहालले मञ्चमै चौधरीलाई भेटेका थिए । भेटका क्रममा अभियुक्त चौधरीले आफूमाथि परेको मुद्दा फिर्ता लिई नेपालमा जाने उपयुक्त वातावरण मिलाईदिन प्रधानमन्त्री प्रचण्डसँग आग्रह गरेको जनाइएको छ।

अन्नपूर्ण पत्रिकाबाट

 

टिकापुर घटनाका फरार अभियुक्त चौधरीले प्रधानमन्त्री प्रचण्डसँग भने: मलाई बचाइदिनु पर्यो

 

 

Leave a Comment

*