feedback

क्यालिफोर्नियामा बरीष्ठ सिनेकर्मीहरुको उपस्थितिमा चलचित्र प्रदर्शन हुने

क्यालिफोर्निया प्रतिनिधि

bata-muni-phool2a

भर्खरै प्राप्त समाचार अनुसार क्यालिफोर्नियाको सान फ्रान्सिस्को बे एरियामा चर्चित चलचित्र बाटो मुनीको फूल २ प्रदर्शन हुने भएको छ। चर्चित गायकको नाममा समेत ख्याती पाएका एस् कुमार, सो चल् चित्रका नायक तथा निर्माता हुनुहुन्छ।

बाटो मुनीको फूल २ एक हेर्न लायक नेपाली चलचित्र हो। नेपालका बिभिन्न शहरहरु तथा अन्य बिभिन्न देशहरुमा समेत प्रदर्शन भैसकेको यो चलचित्र एक सफल र मनोरन्जक  चलचित्र को रुपमा हेरिएको छ। समाजमा विध्यमान बिकृतिहरु बिशेष गरी छुवा छूतको बिषयबस्तुमा बनेको यो चलचित्र उत्कृष्ट रहेको टिप्पणी गरिएको छ। दिलिप रायमाझी, रिचा शर्मा, एस् कुमार तथा  रीमा विश्वकर्माको    प्रमुख भूमिका रहेको यो चर्चित चलचित्र अब सान फ्रान्सिस्को  क्यालिफोर्नियामा प्रदर्शन हुने भएको छ। सामाजिक बिक्रिती बारे सुन्दर ढङ्गले प्रस्तूत सो चलचित्रले प्रवासी नेपाली समाजलाई मनोरन्जन मात्र होइन शिक्षा पनि दिन्छ भन्ने विश्वासले प्रदर्शन हुन लागेको कुरा आयोजक संस्था  नेपाली जनसंपर्क समिती अमेरिका नर्दर्न क्यालिफोर्नियाका सभापति पूर्ण शेर्पाले बताउनु भएको छ।

त्यसै गरी आयोजक संस्थाका महासचिव हरी भट्टले सो चलचित्र प्रदर्शनको सम्पूर्ण मुनाफा नेपाली सामुदायिक केन्द्रलाई प्रदान गर्ने बताउँदै सम्पूर्ण संघ संस्था र दाजु भाई दिदी बहिनीहरुलाई सपरिवार उपस्थित हुन आव्हान गर्नु भएको छ। सो कार्यक्रममा प्रदर्शन हुने चलचित्रका निर्माता तथा नायक एस् कुमार, बरीष्ठ निर्देशक तथा कलाकार नारायण पूरी तथा आकाश आधिकारि को उपस्थिती तथा प्रस्तूती रहने कुरा आयोजकहरुले बताएका छन।

सो मनोरन्जक तथा शिक्षाप्रद  सामाजिक तथा पारीवारीक  चलचित्र हेर्न निम्न मिती र स्थानमा सपरिवार उपस्थित भई भरपूर मनोरन्जन लिन, चर्चित सिनेकर्मीहरुलाई भेट्न र नेपाली सामुदायिक केन्द्र जस्तो पवित्र परीयोजनालाई सघाउन नेपाली जनसंपर्क समिती, नर्दर्न क्यालिफोर्नियाले हार्दिक आव्हान गरेको छ।

 

मिती: शनिवार, सेप्टेम्बर १७, २०१६

समय: बेलुका ५:३०

स्थान: 2700 Saratoga Street, Alameda, CA 94501

 

Leave a Comment

*