feedback

नर्थवेस्ट नेपाली जमघट र पश्चिम अमेरिका नेप्लिजकन्फेरेन्स पोर्ट्ल्यान्ड ओरेगोनमा सम्पन्न

AC3
 
नेपाली एशोशियसन अफ ओरेगोनले उत्तर पश्चिम अमेरिकाको क्षेत्रीय  नेपाली  पिकनिक  पश्चिम अमेरिकाका चार राज्यहरुको  क्षेत्रीय कन्फरेन्स आयोजना गर्यो ।पिकनिककोआयोजना  शनिबार ओरेगोनको  ब्लुलेक  पार्कमा आयोजना भएको थियो भने कोन्फेरेन्सकोआयोजना आइतबार पोर्ट्ल्यान्ड्मा आयोजना भएको थियो
 
शनिबार आयोजित पिकनिकमा ओरेगोन्, वाशिङ्टन्, क्यालिफोर्निया, क्यानेडियन स्टेटब्रीटिश कोलोम्बिया अमेरिकाको अन्य केहि राज्यहरुबाट आएका कारीब ५०० नेपालीहरुको उपस्थिती थियो उक्त पिकनिकमा अन्तर राज्य भलिबल्, फुट्बल (सकर्), गल्फ अन्य रोचक खेलहरुको पनि आयोजना गरिएको थियो भलिबल्, फुट्बल, गल्फ सबैखेलमा नेपाल सियाटल सोसाईटिले प्रथम स्थान हासिल गर्यो
 
पिकनिकमा आयोजित बिशेष कार्यक्रममा नेपाल ओरेगोन समाजका अध्यक्ष गङ्गा शर्मालेखेलकुदका बिजयी खेलाडीहरुलाई कप प्रमाणपत्र बितरण गर्नु भयो अध्यक्ष गङ्गाशर्माले नेपाल ब्रीटिश कोलम्बिया कल्चराल समाजका  अध्यक्ष अनिल प्रधान, नेपालसियाटल समाजका अध्यक्ष गणेश शिवाकोटी, पश्चिम अमेरिका नेपाली महासङ वानाकाअध्यक्ष उत्तम कर्की नेपाल असोसियसन फर ग्लोबल कोओपेरेशनका अध्यक्ष मनी नेपालीपनेरु लाई सम्मअन स्वरुप प्लाक प्रदान गर्नु भएको थियो
 
उक्त पिक्निकमा नेपाल सरकारबाट भर्खरै सियाटलका लागी अनररी कन्सुल जनरलनियुक्ती हुनु भएका सि शेर्पालाई पनि सम्मअन गरिएको थियो पिक्निकको अबसरमाउत्तर पश्चिम नेपाली जमघट्को बार्षिक पत्रीकाजमघट्अन्क को पनि बिमोचन गरीएकोथियो
 
हिजो आइतबार पोर्ट्ल्याण्ड्माफोरम अफ नेपालीज इन वेस्ट अमेरिकाज्भन्ने थिममाआयोजना भएको पश्चिम अमेरिका क्षेत्रीय कोन्फेरेन्समा यस क्षेत्रका बिभिन्नसङ्हासंस्थाका प्रतीनिधीहरुले आआफ्नो सङ्स्थाका बारेमा बोल्नु भएको थियो बक्ताहरुमा स्टेट कमिस्नर अफ गोवर्नर अफ वाशिङ्टन  मोहन गुरुङ, नेपाल सियाटल सोसाइटीकाअध्यक्ष गणेश सिवाकोटी , नेपाल कल्चरल सोसाइटी अफ ब्रिटिश कोलम्बियाका अध्यक्ष अनिल प्रधान,पश्चिम अमेरिका नेपाली महासङ वानाका अध्यक्ष उत्तम कर्की नेपाल असोसियसन फरग्लोबल को ओपेरेशनका अध्यक्ष मनी नेपाली पनेरु, वानाका निबर्तमान अध्यक्ष उमा कार्कीथापा, जन सम्पार्क समिती क्यालिफोर्नियाका अध्यक्ष पूर्ण शेर्पा, एन आर एन ओरेगोनच्याटरका प्रतीनिधी रबिनमान शाक्य एन आर एन आइ सि सि स्पोर्ट्स कोओर्डिनटरनारायण गुरुङ्ले बोल्नु भएको थियो उक्त कार्यक्रममा सियाटलका लागी नवनियुक्तअनररी महाबाणिज्य दुत एसि शेर्पाले वानाको पहल मा नेपालको सोलुखुम्बुमा बन्न लागेकोसामुदायीक भबनको लागी सेवेन समिट फाउन्डेसनको तर्फबाट साढे चार हजार यु एस डलरम्याचिङ डोनेशन गर्ने घोषणा पनि गर्नु भयो
 
त्यसैगरी एन आर एन को तर्फबाट द्रोण रसाईली भ्यान्कुबर क्यानडाले नेपाल माओपेन बिश्व बिद्यालय समबन्धी पेपर प्रस्तुत गर्नु भएको थियो ओरेगोनका कुश श्रेष्ठलेओरेगोन समाजले नेपाल ओरेगोनमा गर्दै आएको एजुकेसन सम बन्धी कामबारे पत्रप्रस्तुत गर्नु भएको थियो
कन्फेरेन्सको सुरुमा आयोजक संस्था नेप्लिज असोसियसन अफ ओरेगन का अध्यक्ष गङ्गा शर्माले सहभागी हरुलाई स्वागत मन्तब्य ब्यक्त गर्नु भएको थियो भने उक्त कन्फेरेन्सका समयोजक तथा नेपाली असोसियसना अफ ओरेगनका  निबर्तमान  अध्यक्ष   भरत बाँस्कोटालेकन्फेरेसमा ब्यक्त भएका बिचारहरुलाई सम्क्षिप्त रुपमा बिश्लेषण गर्दै सहभागिहरुलाईधन्यबाद ब्यक्त गर्नु भएको थियो
 
भरत बाँसकोटा
सम्योजक्
फोरम अफ नेपालीज इन वेस्ट अमेरिका कन्फेरेन्स
 

 

Leave a Comment

*