feedback

पाँचौं दक्षिण एसियाली आमन्त्रणमा नेपाल दोस्रो

South Asian  winners

 

 

 

 

 

 

 

 

 

 

काठमाडौं : भारतको बेंग्लोरमा भएको पाँचौं दक्षिण एसियाली आमन्त्रण आईटीएफ तेक्वान्दो च्याम्पियनसिपमा नेपाल टिम दोस्रो भएको छ । नेपालले कुल ३ स्वर्णसहित १२ पदक हात पार्न सफल रह्यो। बेंग्लोरमा सोमबार राति सम्पन भएको खेलमा नेपालले चार स्वर्ण, पाँच रजत र तीन कांस्यपदक हात पारेको हो । नेपालका लागि सोनी खड्काले दुई स्वर्ण तथा पूजा खुलाल मगर र वीरेन्द्र कुँवरले समान एक–एक स्वर्ण हात पारे । सोनीले प्याट्रन र फाइट दुवैतर्फ स्वर्ण जितिन् । फाइटतर्फबाट खुलाल मगरले ९४७–५२० र कुँवरले ९४७–५२० तौल समूहमा नेपाललाई स्वर्ण दिलाएका थिए।
महिलातर्फ ब्लाक बेल्ट तेस्रो डानको प्याट्रन र फाइटको ४७ केजीमुनि तौल समूहमा सोनी खड्काले स्वर्ण जितिन् । प्याट्रमा सोनीले भारतीय खेलाडी इलिना घोसलाई हराउँदै नेपाललाई स्वर्ण दिलाइन् । फाइटमै आशिष कार्की, मनोज खड्का, दीपक गौतम र सुवास आले मगरले रजत पदक जितेका छन् । प्याट्रनको पहिलो डानमा पूजा खुलाल मगरले रजत पदक पनि जितिन्।
आशिष कार्कीले तेस्रो डानको प्याट्रनमा पनि रजत पदकमा हात पारे । सेमिफाइनलमा अफगानिस्तानका खेलाडीलाई पराजित गर्दै स्वर्ण पदकका लागि प्रतिस्पर्धा गरेका कार्की फाइनलमा भारतीय खेलाडीसँग पराजित भएपछि रजतमै चित्त बुझाए । दिलेन राई, वीरेन्द्र कुँवर र दीपक गौतमले कांस्य पदक जितेका थिए। बेंग्लोरमा भएको प्रतियोगितामा नेपालका १० खेलाडीले सहभागिता जनाएको छ।

 

Courtse: राजधानी दैनिक

 

 

Leave a Comment

*