feedback

हालै केही अनलाइन पत्रीकामा प्रकाशित समाचार सम्बन्धमा चन्द्र धितालको प्रेश वकतव्य

Chandra

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

राज्यको चौथो अङ्गको रुपमा सम्मानित पत्रकार जगतलाई समाजका ऐना पनि भन्न सकिन्छ। समाजको वास्ताविक बस्तु स्थिती, राम्रा नराम्रा सत्य जनसमक्ष ल्याइ समाज लाई सकारात्मक रुपमा अगाड़ी बडाउनमा पत्रकार वर्गको ठुलो हात हुनछ । अधिकाँस माध्यमहरुले सो धर्म निरवाह् गरेकोमा म एक सचेत आम नागरिकको हैसियतले तपाईं पत्रकार साथीहरुलाई हार्दिक धन्यवाद दिन चाहन्छु। तर कतिपय बेला पत्रकारिताको नाममा व्यक्तिगत रिस ईवी साध्न र आफ्नो राजनैतीक एवम व्यक्तिगत अभिष्ट पुरा गर्न आधारहिन, कपोलकल्पित र भ्रामक कुराहरु जो कसैबाट पनि आउन सक्ने हुनाले पत्रकार साथीहरुले सो कुराको वास्तविकता बुझेर मात्र प्रकासित् गरेमा पत्रीका र पत्रकारीता सम्मान रहने कुरा मलाई लाग्दछ।

तसर्थ मलाई लगाईेका लान्छनाको सम्बन्धमा निम्न वास्तविकता प्रस्तूत गर्न चाहन्छु। नेपाली जनसंपर्क समिति अमेरीकाको भूकंप पीड़ित राहत कोषको रक़म $ १५०० ड़लर (एक हज़ार पाँच सय)को सम्बन्धमा मलाई बिल भरपाई नबुज़ाई ख़ाएको भन्ने आरोपले मलाई आश्चर्य चकित बनाएको छ ।
गोरखाको बार्पाकलाई केन्द्र बिन्दु बनाइ गएको २०१५ अप्रिल २५ मा गएको बिनासकारी भुकम्प प्रती समवेदनशिल हुँदै नेपाली जनसंपर्क समिती अमेरिका, नर्दर्न क्यालिफोर्निया च्याप्टरलेआपतकालिन राहतको लागि चन्दा संकलन गर्न थालेको थियो। च्याप्टर सभापति पूर्ण शेर्पा तथा म निवर्तमान सभापतिको सरसल्लाहमा तात्कालिन राहत प्रदान गर्ने निर्णय भए बमोजिम जनसम्पर्क समिति अमेरीकाका केंद्रीय सभापति आनन्द बिष्टसँग अनुरोध गरेका थियौं । सभापति विष्टले संकलित सबै रक़म केन्द्रीय समितिको बैंक खातामा जम्मा गर्न निर्देशन दिनु भएको हो ।
सोही अनुसार तत्काल राहतका लागि सभापतिज्यूलाई आग्रह गरी च्याप्टरले उठाएको रक़म मध्ये $१५०० रक़म भुकम्पको केन्द्र बिन्दु बार्पाक र छिमेकी मुच्चोक गाबिसमा भूकम्प पीड़ितलाई तात्कालिन राहत स्वरुप अती अावश्यकिय खाध्य सामाग्री बाड़ेको हु। यसको सम्पूर्ण खर्च विवरण (बिल भरपाई) केन्द्रमा बुझाएको छु ।
सो सम्बन्धको ख़र्चका बारेमा केहि दिन अगाडी न्युयोर्कमा पत्रकार सम्मेलन मार्फत केंद्रीय सभापति ज्यूले जानकारी गराइ सक़्नु भएको छ ।
म समाज सेवामा समर्पित मानिस भएको र समाजको लागि आफ्नो तन, मन, धनले इमान्दारी साथ लागि रहेको जगजाहेर भईरहेको बेला रक़म हिनामीना गर्ने भन्ने म बाट कल्पना सम्म पनी गर्न सक्दिन । यो समाचार ले मलाई दुख़िद बनाएको छ । आदरणिय पत्रकार साथिहरुलाई कहिं कत्ती पनि दुविधा नरहोस र यस सत्य तथ्य क़ुरा लाई उजागर गरी स्वच्छ पत्रकारिता को धर्म निर्वाह गरी बिगतमा प्रकासित सामाग्री खण्डन समेत गरी दिन अनुरोध गर्दछु ।

चन्द्र धिताल
क्यास्ट्रो भ्याली, क्यालिफोर्निया, अमेरीका
मिति: अगस्ट ९, २०१६

 

Leave a Comment

*