feedback

गैर आवासीय नेपाली संघ मलेसियाको प्रेस विज्ञप्ति

बैदेशिक रोजगारीका क्रममा मलेसियामा समस्यामा पर्ने नेपालीहरुको उद्दार गर्न गैर आवासीय नेपाली संघ मलेसियाको तर्फबाट त्यस्ता नेपालीहरुको कल्याणका लागि ठोस योजनाअनुरुप कल्याणकारी कोष (NRNA Welfare Fund, Malaysia) को स्थापना गरिएको सम्बन्धित सबैमा जानकारी गराउन चाहन्छौं । उक्त कोषको सन्चालक समितीमा शंकर पौडेल, विश्व विक्रम राई, भवानी शंकर तिवारी, प्रेम पाण्डे र खगेन्द्र न्यौपानेलाई चयन गरिएको छ भने अन्तराष्ट्रिय संयोजकमा अष्टे«लियाका पूर्व अध्यक्ष गणेश के.सीले गर्नु हुनेछ ।

अध्यक्ष विश्व विक्रम राईको अध्यक्षतामा यही अगष्ट ५ मा बसेको बैठकले उक्त कोषमार्फत मलेसियामा रही विभिन्न समस्यामा परेका नेपालीहरुको हित, संरक्षण एवं उद्दारका लागि पहल गर्ने, मलेसियामा रहेका नेपाली नेपालीबीच एकबद्ध गराई समस्या समाधान गर्नका लागि अग्रसर गर्ने÷गराउने निर्णय समेत गरिएको छ । यस्तो कार्यमा नेपाली दुतावास, पीडित नेपालीका परिवार र सक्रिय विभिन्न संघसंस्थाहरुसँग समेत समन्वय गरिनेछ ।

वैठकले कार्यसमितीमा केही हेरफेर गरिएको छ । विभिन्न महत्वपूर्ण वैठकमा उपस्थित नभएका दुई सदस्यलाई सदस्यबाट हटाइएको छ र रमेश प्रसाद तिवारीलाई उपाध्यक्ष र योगेन्द्र कोईरालालाई सदस्यमा सर्वसम्मत चयन गरिएको जानकारी गराउन चाहन्छौं । साथै मलेसियाको जोहोरवारुमा शुक्रबार दिउँसो ‘सुनसरीको इटहरी घर भएका ३२ वर्षीय नगेन्द्र चौधरीको हत्या भएको’ भनि विभिन्न संचारमाध्यममा समाचार प्रकाशन भएको सन्दर्भमा उक्त घटनाबारे निस्पक्ष छानवीन गरि दोषीलाई प्रचलित कानुनअनुसार कार्बाही गर्न गराउन सम्बन्धि पक्षसित जोडदार मागसमेत गर्दछौं ।

 

सुन्दर आले मगर                                       विश्व विक्रम राई
महासचिव                                                   अध्यक्ष

 

 

Leave a Comment

*