feedback

लायन्स अन्तरराष्ट्रिय अध्यक्ष द्वरा अमेरिकामा नयाँ नेपाली क्लब चार्टर तथा पदस्थापना

charter

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

क्यालिफोर्निया प्रतिनिधि

लायन्स कल्बस असोसियसनका अन्तरराष्ट्रिय अध्यक्ष चान्सलर बब कोर्ल्ल्युले नवगठित  लायन्स क्लब अफ सान लियान्ड्रो मनकामनाको यही जुलाई ३१, २०१६ का साँझ एक भव्य समारोहको बिच उद्घाटन गर्नु  भएको छ। त्यसै गरी ३ वटा नेपाली र एउटा इन्डियन लायन्स क्लबहरुको संयुक्त पदस्थापना गर्नु भएको छ। सो शुभ अवसरमा इन्ट्रर न्यास्नल डाइरेक्टर हावर्ड हड्सन तथा नेपालका प्रथम इन्टरन्यास्नल डाइरेक्टर सञ्जय खेतान पनि बिशिष्ट अतिथिको रुपमा  सरीक हुनुभएको थियो भने Lions International डिस्ट्रिक्ट 4C3 तथा अन्य डिस्ट्रिक्टहरुबाट बाक्लो सँख्यामा क्याबिनेट अफिसरहरु तथा पूर्व गभर्नरहरुको सहभागीता रहेको थियो।

oath

पूर्व क्याबिनेट सेक्रेतरी तथा लायन्स क्लब अफ बर्क्ली अन्नपूर्णका गाइडिङ लायन एल सटाके तथा लायन्स क्लब अफ  बर्क्ली मकालुकी त्रितिय उपाधक्ष रेशमी अर्याल ले सन्चालन गरेको सो कार्यक्रममा हेवार्ड सिलिकन भ्याली लायन्स क्लबका जेम्स भर्गेजले इन्भोकेशन र बर्क्ली अन्नपूर्ण लायन्स क्लबको पास्ट प्रेसिडेन्ट लक्ष्मी चौधरिले प्लेज अफ अलिगेन्सको अगुवाइ गर्नु भएको थियो। सो अवसरमा अमेरिका, नेपाल र भारतको राष्ट्रिय धूनहरु बजायर ती राष्ट्रहरुको सम्मान गरिएको थियो।  त्यसै गरी  प्रथम  भाईस डिस्ट्रिक्ट गभर्नर तथा लायन्स क्लब अफ बर्क्ली अन्नपूर्णका चार्टर प्रेसिडेन्ट राजेन थापाले स्वागत भाषण गर्नु भएको थियो।

चार्टर प्रेसिडेन्ट लायन चन्द्र धितालको नेत्रित्वमा हालै गठित सो क्लबमा गोपाल बस्नेत, बैकुण्ठ खनाल तथा यज्ञ नेपाल क्रमश प्रथम द्वितिय र त्रितिय उपाधक्ष चयन् हुनु भएको छ भने सो नयाँ कलबमा कमल भट्टराई सचिव, कृष्ण रन्जित कोषाधक्ष तथा खड्ग बस्नेत मेम्बरशिप चिअर रहनु  भएको छ।  त्यसै गरी सो क्लबको  डाइरेक्टरहरुमा सुमन गैरे, धिरेन गिरी, अशिश खड्का, राजिब खड्का, दिनेश पन्त, कृष्ण अम्गाइँ  चयन् हुनु भएको छ । लोक बहादुर बानियाँ, लेखराज भण्डारी, र अर्जुन बिष्ट सल्लाहकार रहेको सो नयाँ क्ल्बको लायन टेमरमा प्रदिप राज गोतामे रहनु भएको छ भने टेल ट्विस्टर् मा लक्षमण खतिवडा रहनु भएको छ। सो अवसरमा लायन्स  अन्तर राष्ट्रिय अध्यक्ष चान्सलर बब कोर्ल्युले चार्टर प्रेसिडेन्ट चन्द्र धिताललाई नयाँं कल्बको चार्टर प्रमाण पत्र हस्तानन्तरण गर्दै अध्यक्ष लगायत सम्पूर्ण पदाधिकारीहरुलाई सपथ ग्रहण गराउनु भएको थियो। सो क्लबमा ५३ जना सदस्यहरु रहेका छन।

IDs with LCBA

लायन्स क्लब अफ बर्क्ली अन्नपूर्णले स्पोन्सर  गरेको सो  क्लबको गाइडिङ लायनमा लायन्स क्लब अफ बर्क्ली अन्नपूर्णका आउट्गोइङ प्रेसिडेन्ट लायन  ध्रुव थापा तथा सोही क्लबका चार्टर सेक्रेटेरी, पूर्व अध्यक्ष तथा पूर्व जोनचिअर लायन  मणी नेपाली पनेरु नियुक्त हुनु भएको छ। सो अवसरमा अन्तरराष्ट्रिय अध्यक्ष कोर्ल्युले गाइडिङ लायन थापा र पनेरुलाई गाइडिङ लायन पिनले बिभुषित गर्नु भएको  थियो।  यसरी बर्क्ली अन्नपूर्णले डिस्ट्रिक्ट्लाई ३ वटा नयाँ क्लब दिन सफल भएकोमा लायन्स जगतमा नेपालीहरुको प्रतिष्ठा बढेको बताइन्छ। सो अवसरमा लायन्स क्लब अफ बर्क्ली अन्नपूर्णलाई स्पोन्सर ब्याज प्रदान गरियो।

सोही अवसरमा लायन्स क्लब अफ बर्क्ली अन्नपूर्ण, लायन्स क्लब अफ फ्रिमन्ट सगरमाथा, लायन्स क्लब अफ बर्क्ली मकालु, हेवार्ड सिलिकन भ्याली इन्डियन  लायन्स क्लब को समेत पदस्थापना गरिएको छ। आउट गोइङ अध्यक्षहरु बर्क्ली अन्नपूर्णका ध्रुव थापा, फ्रिमन्ट सगर माथाका शंकर कार्की, हेवार्ड सिलिकन भ्यालिका जेम्स भर्गिज ले धन्यवाद मन्तव्य दिँदै आफ्नो कार्यकालमा सहयोग गर्ने बिभिन्न व्यक्तित्वहरुलाई पुरस्कार सहित् सम्मान गर्नु भएको थियो।

Dias2

त्यसै नव अध्यक्षहरु बर्क्ली अन्नपूर्णका मनिल बाबु श्रेष्ठ,  फ्रिमोन्ट सगरमाथाका  सन्तोष गिरी, बर्क्ली मकालु कि मनोहरा थापा बोगटी र हेवार्ड सिलिकन भ्यालीका जर्ज भर्गेज ले सो समारोहलाई सम्वोधन गर्नु भएको थियो। कार्यक्रममा इन्टर न्यास्नल डाइरेक्टर हावार्ड हड्सन तथा सञ्जय खेतान ले सम्वोधन गर्नु भएको थियो भने बिभिन्न संघ संस्थाका तर्फ बाट एन आर एन क्यालिफोर्निया च्याप्टरका अध्यक्ष पूर्ण बानिया तथा वाना का अध्यक्ष तथा नेपाली कम्युनिटी सेन्टरका संयोजक उत्तम कार्किले पनि शुभकामना मन्तव्य राख्नु भएको थियो। सो अवसर मा नेपाल शास्त्रीय तथा लोक संस्क्रिति झल्काउने मनोरन्जक साँस्कृतिक प्रस्तूतिले दर्शकहरुको मन जित्न सफल भएको थियो।

बिन्दु सापकोटाले संयोजन गर्नु भएको सो साँस्क्रितिक् कार्यक्रम मा नेपाल एकेडेमीकी राष्ट्रिय कलाकार संगिता शर्मा गुरुङले शास्त्रीय न्रित्य प्रस्तूत गर्नु भएको थियो भने, उत्कृष्ट स्थानिय कलाकारहरुले न्रित्य प्रस्तूत गरी मनोरन्जन दिएका थिए। समग्रमा सो कार्यक्रम निकै उच्च स्तरको भव्य र ऐतिहासिक भएको टिप्पणी गरिएको छ।

 

crowd

 

 

 

 

 

 

 

 

lady lions

 

Leave a Comment

*