feedback

विवादित बाँधको दुवै देशका जिल्ला प्रमुखले निरीक्षण गरे

border

 

सप्तरी, १४ साउन । नेपाल–भारत सीमा दशगजा क्षेत्रअन्तर्गत जिल्लाको दक्षिणी भेगमा पर्ने तिलाठीमा बाढीले भत्काएको बाँध पुनःनिर्माण गर्ने क्रममा विवाद भएपछि सो स्थलको यहाँ दुवै देशका जिल्ला प्रमुखले आज निरीक्षण गरेका छन् ।

प्रजिअ वलदेव गौतमको नेतृत्वमा सशस्त्र प्रहरी, नेपाल प्रहरी र भारततर्फबाट सीमा सुरक्षा बल एसएसबी सुपौल, जिल्लाका प्रहरी प्रमुख लगायतको टोलीले विवादित बाँधको स्थलगत निरीक्षण गरेको प्रहरी चौकी तिलाठीका प्रहरी नायब निरीक्षक पुगेन्द्र आङ्देम्बेले बताउनुभयो । विवादितस्थलको बाँध निर्माण अहिले रोकिएको छ ।

 

करिब एक दशक अगाडि भारतीय पक्षबाट तिलाठीमा निर्माण गरिएको बाँध बाढीले भत्काएपछि बाँध भारतीय पक्षले एकतर्फी रुपमा पुनःनिर्माण गर्न लाग्दा स्थानीय नेपाली युवा र भारतीय पक्षबीच बिहीबार झडप भएको थियो । झडपमा दुवै पक्षका करिब बाह्र जना घाइते भएका थिए । यसैैबीच दशगजामा भारतले एकतर्फी रुपमा बाँध निर्माण गरेपछि उत्पन्न विवादको समाधानका लागि स्थलगत निरीक्षण गरेका नेपाली र भारतीय अधिकारीबीच भारतीय सीमा क्षेत्रमा पर्ने कुनोलीमा वार्ता भइरहेको बताइएको छ

 

Leave a Comment

*