feedback

नेपाल विश्व सहयोग संघ NAGC को शोक वक्तव्य

 

LB KC

 

 

 

 

NAGC डेफेन्डर अफ डेमोक्रासी सम्मानप्राप्त लोकतन्त्र सेनानी, नेपाल विध्यार्थी संघका पूर्व अध्यक्ष, पूर्व मन्त्री, नेपाली काङ्रेसका केन्द्रिय सदस्य माननीय सभासद बल बहादुर केसी ज्युलाई पित्री शोक परेको दु:खद खबरले म, मेरी धर्मपत्नी हेमा पनेरु, परिवार र सिङ्गो एन ए जि सि परिवार मर्माहत भएको छ। माननिय सभासद  के सि तथा नेपाली जनसंपर्क समिती अमेरिका, उत्तर क्यालिफोर्निया च्याप्ट्ररकि उपसभापती लक्ष्मी कार्कीका पुज्य पिता तथा मेरा अनन्य मित्र तथा सम्मानित समाजसेवी उत्तम कार्कीका ससुरा बुवा लाल बहादुर के सि को ९८ बर्षको उमेरमा  काठमान्डौको ॐ हस्पिटलमा उपचार गर्दागर्दै दु:खद निधन भएको हो। नेपाली काङ्रेसका सकृय सदस्य स्वर्गिय के सि,  बिगतमा प्रधान पञ्चको हैसियत तथा बिभिन्न माध्यमबाट समाजलाई उल्लेखनिय योगदान पुर्‍याउनु भएको थियो। निष्ठाको राजनितीका प्रवल अनुयायी सबैका लागि उदाहरणिय र प्रेरक व्यक्तित्व लाल बहादुर के सि हाम्रो माझ भौतिक रुपमा नरहे पनि उहाँको सुन्दर बिचारहरु हामी सबैलाई प्रेरणा दीइरहने छ। लाल बहादुर खत्री  भनेर पनि चिनिने स्वर्गिय स्वर्गिय के सि ले आफ्नो पछाडि १० जना सन्तान छोडेर जानु भएको छ। उहाँका पुत्रहरु रमेश बाबु के सि, बल बहादुर के सि, होम बहादुर के सि,  राम कुमार केसी र बाल कुमार केसी हुनुहुन्छ भने, छोरीहरु मिठु माया बस्नेत  भगवती के सि कार्की, गोमा के सि, सरस्वती के सि भण्डारी, कल्पना के सि तथा लक्ष्मी के सि कार्की हुनुहुन्छ। शोक सन्तप्त परिवार प्रती गहिरो समवेदना प्रकट गर्दै यस शोकाकुल घडीमा परिवारजनलाई धैर्य धारण गर्ने शक्ती मिलोस भनी इश्वर सङ्ग प्रार्थना गर्दछौँ।

 

मणी नेपाली पनेरु

संस्थापक अध्यक्ष

तथा

नेपाल विश्व सहयोग संघ परिवार

क्यालिफोर्निया, यु एस् ए

 

 

 

 

 

Leave a Comment

*