feedback

गोरखा समाजबाट कलाकार सम्मानित, धुमुर्स सुन्तली फाउण्डेसनलाई सहयोग

sunatali

 

राजेश्वर ढकाल, दोहा । गोरखा सेवा समाज, कतारले कलाकारहरुलाई सम्मान गरेको छ । इदको अवसरमा आफ्नो प्रस्तुती देखाउन कतार आएका कलाकारहरुलाई  भेटघाट कार्यक्रम आयोजना गरि सम्मान गरेको हो । सम्मानित हुनेहरुमा गोरखाली कलाकार लोकदोहोरी गायिका मुनाथापा मगर, लोकदोहोरी गायक राजु गुरुङ, हास्यकलाकार राजा राजेन्द्र, लोकोदोहोरी गायक नेत्र पन्त, संगितकार तथा गायक टंक बुढाथोकी थिए ।
सम्मान पछि बोल्दै लोकादोहोरी गायिका मुना थापा मगरले कतारमा आएको अवसरमा गोरखाली दाजुभाईहरुले भेटघाट गर्न पाउदा निकै खुशी लागेको बताईन । तपाईहरुको सद्भाव, माया र साथले नै आज यो स्थानमा आएको बताउदै कतारबासी सम्पूर्ण नेपालीहरुको सफल जीवनको शुभकामना ब्यक्त गरिन ।

कलाकारीताको क्षेत्रबाट नेपाली कला संगितलाई संरक्ष्ँण गर्नको लागि पु¥याएको योग्दानको कदर गर्दै  समाजले सम्मान गरेको हो । समाजका अध्यक्ष सुर्दशन भट्ट, संरक्षक बुधवल गुरुङ र प्रमुख सल्लाहकार आशबहादुर गुरुङ, सल्लाहकार राम्जी खत्री, प्रिती घले, धनराज गुरुङ र उपाध्यक्ष्ँ राकेश श्रेष्ठले सम्मान पत्र, खादा र मायाको चिनो दिएर सम्मान गरेका हुन ।

त्यस्तै समाजले धुमुर्स सुन्तली फाउण्डेसनलाई पनि सम्मान गरेको छ ।  भुम्कपबाट पीडितहरुको लागि नमुना बस्ती निमार्णमा सक्रिय भएर धुमुर्स सुन्तलीले थालेको  कार्यको प्रसंसा गर्दै धुमुस सुन्तली फाउण्डेसनलाई सम्मान गरेको हो । फाण्डेसनका अध्यक्ष्ँ हास्य कलाकार  सिताराम घिमिरे (धुमुर्स) र कुन्जना घिमिरे(सुन्तली) लाई समाजका अध्यक्ष भट्ट र संरक्षक गुरुङले खादा र सम्मान पत्रले सम्मान गरीएको थियो । उक्त सम्मानको अवसरमा समाजको तर्फबाट  धुमुर्स सुन्तली फाउण्डेसनको लागि समाजको तर्फबाट नेरु २५ हजार सहयोग गरिएको थियो ।

सम्मन पछि बोल्दै धुमुर्सले समाजले गरेको सम्मानले झनै हामीलाई काम गर्ने उर्जा मिलेको बताए । विश्वभरी रहेका नेपालीहरुको साथ सहयोगले हामीले थालेको यो पवित्र कार्यले सार्थकता पाउने बताउदै साच्चै कै तपाईहरुले तारिफ गर्न योग्य नुमान बस्ती बन्नेमा ढुक्क  हुन आग्रह गरे ।

कार्यक्रमको समापन गर्दै अध्यक्ष भट्टले प्रवासी भूमीमा आएर राष्ट्रिय स्तरको कलाकारहरुलाई सम्मान गर्न पाउनु गर्वको कुरा बताउर्दै सांगितिक यात्राको सफलताको शुभकामना ब्यक्त गरे ।

 

 

Leave a Comment

*