feedback

सपना पछ्याउने मान्छे

Binod Chaudhary2मणी नेपाली पनेरु

 

उ एक तिमी हामी जस्तै आम बालक थियो

गुल्ली डन्डा पनि खेल्थ्यो, गुच्चा पनि खेल्थ्यो

उसको रुप रङ, चाल चलन सबै  हाम्रो जस्तै थियो

मात्र फरक थियो उसको स्वप्निल आँखामा

उसको ह्रिदय भित्र  के चली रहेछ कसैलाई थाहा थिएन

केही त फरक थियो उसमा

अलिकती पिडा पनि बोकेको थियो उसले

मान अपमान र  भुक्तमानको भूमरीमा भौंतारिए पनि

अडिग थियो उ, उसको सपनामा बाँची रहेको थियो

सुनौलो भविष्य आफ्नो काखैमा देखेर

मन्द मन्द हाँसी रहेको थियो

हो उ सपना देख्थ्यो, दीवा सपना देख्थ्यो

 

सपना त सबैले देख्छन नि, दीवा स्वप्न पनि

तर मात्र पछ्याउँदैनन्, त्यो सपनाको गन्तव्य नपुग्दै

थाक्छन्, रित्तिन्छन, पोखिन्छन

तब सपना सपनै हुन्छ,  साकार हुन सक्दैन

तर उस्लाई काँडाले रोके पनि झाडिले छेके पनि

तरबारको धार होस, अन्य प्रहार होस्

विरता पुर्वक झेली रह्यो

आफ्नो सपना सँग खेली रह्यो

 

बिस्तारै बाटोहरु सम्मिदै गए

चन्द्रमा दाहिना हुन थाले

दिन दुई गुना, रात चौगुना

चार चाँद लाउँदै गए

अनी बिजय यात्रामा निस्क्यो उ

गाउँ गाउँ मा, शहर शहरमा

देश देशमा किल्ला फतेह हुँदै गयो

सफलता ले कदम चुम्दै गयो

 

आज उसले एक साम्राज्य खडा गरी सकेको छ

तर पनि उसका स्वप्निल आँखा थाकेका छैनन

बरु उसले सपना बाँड्न थालेको छ आजकाल

सपनाको खेती गर्दै छ उ

उसको ब्र्यान्ड न्यु प्रोजेक्ट

बिनोद चौधरी ड्रिम फार्म

स्वागत छ सबैलाई यो सपनाको नगरिमा

 

Leave a Comment

*