feedback

अन्तरराष्ट्रिय क्रिकेट्मा नेपाल पाँचौ स्थानमा पर्न सफल

काठमाडौं, ६ चैत । विश्व क्रिकेट लिग च्याम्पियनसिपअन्तर्गत नामिवियालाई आज तीन विकेटले हराएसँगै नेपाल शीर्ष पाँच मा उक्लिएको छ।

पारस खड्का र शरद भेषवाकरको उत्कृष्ट प्रदर्शनद्वारा नेपालले नामिवियालाई ३ विकेटले हराउँदै हराउन सफल भएको थियो । आजको जितसँगै अंक तालिकामा नेपाल शीर्ष पाँच मा उक्लिएको हो ।

विश्व क्रिकेट लिग च्याम्पियनसिप अन्तरर्गत नेपालले दोस्रो खेलमा नामिवियालाई ३ विकेटले पराजित गरेको थियो ।  यो जितसँगै नेपाल विश्व क्रिकेट लिग च्याम्पियनसिपको शीर्ष ४ मा पर्ने आशा जिवितै छ।

आज पाएको विजयपछि नेपालले युएई, नामिबिया र पपुवा न्युगिनीलाई उछिन्दै आठ राष्ट्र सहभागी अंकतालिकाको पाँचौ स्थानमा उक्लेको छ ।

 

Leave a Comment

*