feedback

प्रधानमन्त्रीकै गृह जिल्लामा ज्यान जोखिममा राखेर भाटे पुल तर्नुपर्ने बाध्यता ….!

Oli pul

दमकः  प्रधानमन्त्री केपी शर्मा ओलीले पहिलो भाषणमै भनेका थिए,‘एक वर्षभित्र सबै तुइन हटाइने छ ।’ तर, उनकै गृहजिल्ला झापामा तुइन त छैनन् तर सर्वसाधरण पुलको अभावमा भाटोले बनाइएका दजर्नौ पुलबाट ज्यान जोखिममा राखेर ओहोर दोहोर गर्न बाध्यछन् । यो दृष्टान्त धेरैलाई थाहा छैन् । तर, झापाको दक्षिण पश्चिम गाविसका बासिन्दा बर्षौदेखि पक्की पुलको अभावमा जोखिमपूर्ण यात्रा गर्न बाध्य रहेका छन् ।

पुल निर्माणका लागि सरकारले चासो नदिँदा आवागमनमा समस्या ब्यहोर्नु परिरहेको सर्वसाधारणको गुनासो छ । गौरीगञ्ज, कोरोबारी, खजुरगाछी, ग्वालडुब्बा, महाभारा, बैगुन्धुरा, कुञ्जीबारी, पाँचगाछी लगायतका क्षेत्रका बासिन्दा पक्की पूलको अभावमा बाँसका भाटाबाट बनाइएका अस्थायी र जोखिमयुक्त पूलबाट खोला नाला तर्न बाध्य रहेका कोरोबारी १ का स्थानीयबासीन्दा समेत रहेका पूर्व प्रधानाध्यापक बोधराज नेपालले बताए ।किस्नी, कमल, बनियानी, लगायतका खोला नालाहरुमा पुलको अभाव रहेको हो । माहाभारा ४ र कोरोबारी १ को विचमा पर्ने कमल खोलामा बनाइएको अस्थाई बाँसे पूलबाट खोलो तर्ने क्रममा अहिले सम्म एक जनाको ज्यान गएको र दुई जना सख्त घाईते भइसकेका कुञ्जीबारी बजारका संस्थापक गोविन्द कुँवरले जानकारी दिए ।

उहाँले शिवगञ्जबाट कोरोबारी सम्मको सडक कालोपत्रे भएको झण्डै चार बर्ष वितेपनि सडक विचमा पर्ने कमल खोलामा पक्की पूल नहुँदा समस्या भएको बताउनु भयो । उनले भने,‘बाटो पिच छ खोलामा पुल छैन । पुल नहुँदा अपेक्षाकृत रुपमा कालोपत्रे सडकको उपयोग हुन सकेको छैन् ।’

तत्काल पुल बनाउन सम्बन्धित निकायको ध्यान जान आवश्यक रहेको उनले बताए । सो स्थानमा पूल नहुँदा बर्षायाममा सयौं स्कुले विद्यार्थीको पठनपाठनमा असर पर्ने गरेको बालकल्याण माविका शिक्षक समेत रहेका कोरोबारी १ का नारायणबहादुर कार्कीले बताए ।

Cortsey: DC Nepal

 

 

Leave a Comment

*