feedback

12802970_535454159948789_2826118768242690623_n e10efb58c4014d27b3cffb0bc3a519d4, फाल्गुण २५ । –
१०६ औँ अन्तराष्ट्रिय नारी दिवसको अवसरमा कालिका एफ एम तथा टिभि कालिकाले ५ जना सफल महिलाहरुलाई सम्मान गरेको छ । आफ्नो जिवनमा बिभिन्न जटिल परिस्थितिको सामना गर्दै बिभिन्न क्षेत्रमा महत्वपुर्ण योगदान पुर्याएको ठहर गर्दै सम्मान गरिएको हो ।
नारी दिवसको अवसरमा आज कालिका एफ.एम तथा टि.भि कालिका आयोजना गरेको कालिका नारी शक्ति सम्मान तथा विशेष अन्तरक्रिया कार्यक्रमको आयोजना गरी उनीहरुलाई सम्मान गरिएको हो ।
एफएमले कार्यक्रममा कृषि तथा वन विश्वविद्यालयका उप प्राध्यापक कल्याणी मिश्र, मध्यमाञ्चल एकल महिला समुहका संस्थापक अध्यक्ष विष्णु माया पाण्डे, सेढाई होल्डिङ्सका निर्देशक तथा चितवन पेट्रोलियक डिलर्स एसोसीयसनका महासचिव शर्मिला सेढाई, ग्राण्डि पुब्लिक स्कुलका प्राचार्य मिना गुरुङ र अग्रज रक्तदाता तथा नेपाल रेडक्रस सोसाईटि चितवनका कोषाध्यक्ष अनिता मैनालिलाई सम्मान गरीएको हो ।
कार्यक्रमलाई सम्बोधन गर्दै सासंद, वरिष्ठ समाजसेवी एवम् कालिका एफ.एमका प्रबन्ध निर्देशक बिक्रम पाण्डेले समानताका ठुला ठुला भाषण गरेर भन्दा पनि सुरुवात आफैबाट गर्नुपर्ने बताउनु भयो । साथै पाण्डेले सबै महिला दिदी बहिनीहरुलाई आफै सक्रिय भएर लाग्न आग्रह समेत गर्नुभयो । र आफ रहुन्जेलसम्म यस्ता प्रोत्साहानका कार्यक्रमहरुलाई निरन्तरता दिदै समाजलाई सकारात्मक परिवर्तनशील बाटोमा अग्रसर गराउने बताउनुभएको थियो ।
महिलाहरुको शसक्तीकरणमा सञ्चारमाध्यमले पु¥याउनु पर्ने आफ्नो जिम्मेवारी स्वरुप कार्यक्रम आयोजना गरेको कालिका एफ एमकी स्टेशन म्यानेजर रिना गुरुङले जानकारी दिनुभएको छ । साथै यस कार्यक्रमले महिला ससक्तिकरणका लागी टेवा पुग्ने एफएको विश्वास छ ।
कार्यक्रममा जिल्ला प्रहरी प्रमुख वसन्त कुँवर, ट्राफिक प्रहरी कार्यालय प्रमुख राजन भेटवाल, चितवनकी पहिलो महिला अधिवक्ता फुलमाया रानाभाट, महिला अधिकारकर्मी मीना खरेल लगायतको सहभागीता रहेको थियो ।
कार्यक्रममा संबोधन गर्ने वक्ताहरुले महिला सशक्तिकरणका लागी घर परिवार साथै समाज र सरकारी तहबाटै विभिन्न कार्यक्रमहरु सञ्चालन गर्नुपर्नेमा जोड दिएका थिए ।

 

Leave a Comment

*