feedback

शेरबहादुर देउवा भारी मतले विजयी

नेपाली कांग्रेसको सभापतिमा शेरबहादुर देउवा विजयी भएका छन्। प्रतिद्वन्द्वी रामचन्द्र पौडेललाई पराजित गर्दै देउवा तेह्रौं राष्ट्रिय महाधिवेशनबाट सभापति निर्वाचित भएका हुन्।
 IMG_1870
दोस्रो चरणमा सोमबार भएको मतदानमा देउवाले १८२२मत प्राप्त गरे। पौडेलले १२९६ मत प्राप्त गरेका छन्। कुल खसेको ३१४० मतमध्ये देउवाले उक्त मत प्राप्त गरे। २२ मत बदर भएको थियो। दोस्रो चरणको निर्वाचनमा देउवाले भारी मत ल्याएका छन्।
यसअघि सभापतिका तीन उम्मेदवारमध्ये देउवाले ५१ प्रतिशत मत प्राप्त गर्न नसकेपछि पुनः मतदान भएको थियो। तेस्रो स्थानको मत पाएर सभापतिको रेसबाट कृष्णप्रसाद सिटौला बाहिरिएपछि देउवा र पौडेल बिचमा पुनः मतदान भएको हो।
 IMG_1738
कुल ३१६१ महाधिवेशन प्रतिनिधिमध्ये आइतबार भएको पहिलो चरणको निर्वाचनमा ३१४८ मत झरेको थियो।
उक्त मतमध्ये एक सय बदर हुँदा देउवाले देउवाले १५६४, पौडेलले ११६० र सिटौलाले ३२४ मत ल्याएका थिए । सोमबारको दोस्रो चरण मतदानमा भने प्रतिनिधि घटे। IMG_1983
३१२० मात्रै मत खसेको थियो। जसमध्ये २ मत बदर हुँदा देउवाले १८२२ र पौडेलले १२९६ मत हासिल गरे ।
लगातार तीनपटक सभापतिको दौडमा रहेका देउवाले लामो समयपछि संस्थापन पक्षबाट नेतृत्व उम्काएका छन्। पोखरा महाधिवेशनमा गिरिजाप्रसाद कोइरालासँग पराजित भएका देउवा पुनः सुशील कोइरालासँग अर्को महाधिवेशनमा पराजित भए।
पार्टी नेतृत्वका निम्ति तेह्रौं राष्ट्रिय महाधिवेशनमा पनि देउवाले आफूलाई सभापतिको मैदानमा उतारे। संस्थापन पक्षबाट दुई आकांक्षीले प्राप्त गरेको मत जोड्दा पनि देउवा अग्रस्थानमै थिए।

 

Leave a Comment

*