feedback

केन्द्रिय सदस्यमा १ दर्जन

IMG_0468IMG_0464चितवन, २० फागुन ः
नेपाली काँग्रेसको १३ औं महाधिवेसनमा सहभागि हुनका लागि चितवनबाट सहभमागिहरु काठमाडौं पुगेका छन् । महाधिवेसनको उद्घाटन शत्रका लागि चितवन काँग्रेसका नेता तथा कार्यक्रताहरु अहिले काठमाडौं पुगेका हुन । महाधिवेसन प्रतिनिधि तथा महासमिति सदस्यहरु भने केहिदिन अघिनै काठमाडौं पुगेको नेपाली काँग्रेस चितवनका सचिव उत्तम जोशिले जानकारी दिनु भयो ।IMG_0426
नेपाली काँग्रेसमा नेतृत्वका लागि त्रिपक्षीय प्रतिस्पर्धा देखिएका बेला चितवनबाट पुगेका महाधिवेसन प्रतिनिधिहरुले मध्ये एक दर्जनले केन्द्रीय समितिमा प्रतिस्पर्धा गर्ने भएका छन् । चितवनबाट महाधिवेसनमा प्रतिनिधित्व गर्ने ६० जना महाधिवेसन प्रतिनिधिहरु मध्ये १२ जनाले उम्मेदवारी घोषणा समेत गरीसकेका छन् । काँग्रेस चितवनले १३ औं महाधिवेसनका सन्दर्भमा काठमाडोंमा आयोजना गरेको प्रतिनिधिहरुको भेलामा उनिहरुले आफुहरु केन्द्रिय समितिमा रहेर काम गर्न ईच्छुक रहेको वताएका हुन ।
बाह्राँै महाधिवेशनमा चितवनबाट एक जना पनि केन्द्रिय सदस्य जित्न नसकेको नजिरलाई हेर्नेहो भने अहिलेको मIMG_0446हाधिवेसनमा पनि उम्मेदवार धेरौं हुदा के हुन्छ भन्न नसक्ने अवस्था देखिएको छ । आज देखि सुरु हुने १३ औं महाधिवेशनमा उम्मेदवार दिनेमा चार जना खुल्ला महिला तर्फ, दुई जना प्रदेश नम्वर ३ बाट, आदिवासि तथा जनजातिबाट तीन जना, दलित बाट एक जना, मुस्लिम वाट एक जना खुल्ला वाट एक जनाले उम्मेदवारी दिने तयारी गरेका छन् । खुल्ला महिला तर्फ अन्जनी श्रेष्ठ, उमा रेग्मि, शुशिला उप्रेति, सृजना अधकारी, प्रदेश नम्वर ३ बाट शेषनाथ अधिकारी, कृष्णलाल सापकोटा, आदिवासि जनजाति तर्फबाट टेक प्रसाद गुरुङ्, पृथ्विमान गुरुङ्, भरत गुरुङ्, रहेका छन् । यस्तै दलित महिलामा बिष्णुमायाँ परियार, मुस्लिममा जुम्मादिन मिया र खुल्ला तर्फ जगन्नाथ पौडेल रहेको काग्रेस चितवनका सचिव जोशिले बताउनु भयो ।
उनीहरुले मतदाता भेटघाट तथा प्रचारप्रसारलाई तीव्र पारेका छन् । काँग्रेस चितवनका सभापति जितनारायण श्रेष्ठको अध्यक्षतामा सम्पन्न भेलामा वोल्दै उम्मेदवारहरुले पार्टिको नियम विपरित कसैले पनि काम नर्गन आग्रह गरेका छन् । सो अवसरमा वोल्दै चितवन क्षेत्र नम्वर चारका सांसद रामकृष्ण घिमिरेले सवैले पार्टिको अनुसासनलाई पालना गर्नु पर्ने वताउनु भयो । जसले निर्वाचन जितो पनि काग्रेस वलियो हुने भन्दै उनिहरुले कसै संग कुनै वैरभाव राख्न नहुने वताएका थिए । सो अवसरमा वोल्दै तीन नम्वर प्रदेश वाट केन्द्रिय सदस्यका आकांक्षि शेषनाथ अधिकारीले अहिलेको परिवेशमा आफु नेतृत्वमा रहदा चितवनको विकासलाई ठूलो टेवा पुग्ने वताउनु भयो । आफ्नो उम्मेदवारी पार्टिको सुदृणिकरण र विकासका लागि रहेको उहाँले बताउनु भयो । IMG_0464

 

Leave a Comment

*