feedback

कांग्रेसले मलाई सभापति बनायो

DSC_0101 - Copy
नेपालमा पञ्चायति तानाशाहले जनता माथि निरंकुशता लादिरहेको बेला वि.स २०२७ सालमा सोलुखुम्बु जिल्ला मा जन्मनु भएकी गोमा क.ेसी ले पनि पहिलो पटक कांग्रेसको १३ औ महाधिवेशनमा केन्द्धिय सदस्यमा उमेद्धवारी दिनु भएको छ । उहाँ नेपाली काँग्रेस कै इतिहासमा पहिलो महिला पार्टी सभापति हो । ओखलढुङ्गा जिल्लाको पुर्व पार्टी सभापति के.सी विद्यार्थी जीवन देखिै राजनीतिमा सक्रिय हुनुहुन्छ । काठमाण्डौं शिक्षा क्याम्पस रानी पोखरी २०५१ स्वियू सचिव के.सीले ,काठमाण्डौं सम्पर्क समिति नेपाल महिला संघ,ओखलढुङ्गा पुर्व अध्यक्ष , नेपाल महिला संघ केन्द्रिय सदस्य लगायतका कांग्रेसको भातृसघंगर्ठनमा बसेर पनि काम नगरिसक्नु भएको छ । प्रस्तुत छ महाधिवेशन कै सेरोफेरोमा उहाँसगँ पत्रकार मोहिनी निधिले गरेको कुराकानी
ः आज देखि अधिवेशन शुरु भयो कत्तिको प्रचार गरिरानुभाको छ त ?
नेपाली कांग्रेसकोे १३ औ अधिवेशन शुरु भइसक्यो । मेरा अग्रज नेताहरु ,सहकर्मी साथीहरु र युवा भाईबहिनीहरुको सरसल्लाह बाट नै मैले उम्दवारी दिने निर्णय गरेको हँु । लगभग देशभरी र विदेशका जनसम्पर्क समितिबाट पनि प्रतिनिधी आइसक्नु भाको छ । उहाँ हरु सगँ भेटघाट गरि आपन्ना ऐजेन्डा राखेको छु ।
ःपाँइको चुनावी ऐजेन्डा के के हुन् ?
नेपाली कांग्रेस लामो इतिहास बोकेको पाटर्रुी हो । नेपालको राणा शाशन अन्त्य देखि नै यो पार्टीका हाम्रा अग्रज नेताहरु , लोकतन्त्रलाई सस्थागत गर्न हामी संर्घेषरत छौ । वास्तविक लोकतन्त्र आज पनि जनताले महशुस गर्न पाएका छैनन् । २००७ सालको क्रान्ति देखि नै संविधानसभाबाट जनताले नै संविधान बनाउनु पर्छ भन्ने जनचेतना वी.पी. कोइरालाको संकल्प , गणेशमान सिंह, सुवर्ण शम्शेर र किसुनजीका सहयात्रा गिरिजा प्रसाद कोइरालाको अविरल निरन्तरता र शुशिल कोइरालाको योगदानको साकार रुपबाट हामीले संविधान २०७२ पाएका छौं । अहिले काँग्रेसको ंिजम्मेवारी भनेकै संविधानको कार्यान्वयन र समृद्ध नेपाल निर्माण नै हो । दलहरु मा पनि पहिलोपटक समावेशिता लागू गर्ने पार्टी पनि नेपाली कांग्रेस नै हो ।
पार्टी भित्रका अनुभवी, महिला, युवा आदिबासी, जनजाति, दलित, मधेशी, पिछडिएका क्षेत्र–वर्ग मुस्लिम, अल्पसंख्यक, द्वन्दपिडित, परिवार, शारिरीक अशक्त भएकाहरु, राजनीतिक आन्दोलनका घाइतेहरु, विस्थापित शहिद भएकाहरु लगायत सबै क्षेत्रका समानुपातिक र समावेशी प्रतिनिधित्व सुनिश्चित गर्दै अगाडी बढ्नु हामी सबैको कर्तव्य हो ।
तपाईको पार्टीमा अझै पनि संविधान मा उल्लेख ३३ प्रतिशतको अवधारणा लागू हुन सकेको छैन ंंंंं…ः?
एकै चोटी परिर्वतन गर्न सकिदैन । कांग्रेस मासवेश पार्टी हो । कृयाशिल सदस्यताको आधारमा नै गाउँ तह देखि नै प्रतिनिधीत्व चयन हुदै केन्द्धिय नेता चुािनने हाम्रो लोकतान्त्रिक पार्टी विधानमा नै शशोधन गर्ने क्रममा नै हामी छौ । ११ औ अधिवेशन
मा म नै पहिलो महिला जिल्ला पार्टी सभापति भएकी हु । यस पटक ३ जनाले चुनाव जितिसक्नु भाको छ । आरक्षीत कोटा बाट पनि धेरै महिला आउन सक्नु भाको छ । यसलाई उपलब्धि नै मान्नु पर्छ ।
ः,तपाई जस्तो क्षमतावान् नेता त आरक्षण मा नै सिमित हुनु भयो भन्छन् ?
म पहिलोपटक केन्द्रिय सदस्य लड्दैछु । अहिले आरक्षित कोटा नै उपयुक्त छ पनि । अर्का पटक पुन आरक्षीत कोटामा नै उठ्नु इमान्दारी नहोला ।
,ः चुनाव जित्नु हुन्छ त ?
मैले चुनाव जित्ने पक्का भइसकेको छ । मैले कांग्रेस पार्टी , भातृसगंसगठन लगातका सामाजीक संघसस्थामा बसेर काम गरेको आधारमा नै मलाई साथी भाई , अग्रज नेता तथा युवा भाई बहिनीले सबैको साथ मिलेका हो ।

ःअन्तमा केहि भन्नु छ कि ?

हामी १०६ औ अन्तराष्टिय नारी दिवसको संघारमा पनि छौ । यसै दिवसको अवसरमा नेपालको सामाजीक आन्दोलन छेड्ने योगमाया ,

नेपालको राजनीतिक आन्दोलनका साथ साथै महिला आन्दोलनमा अथक योगदान दिनुहुने हाम्रा महिला नेताहरु दिव्या कोइराला, मंगलादेवि सिंह, शुशिला कोइराला, नोना कोइराला,शैलजा आचार्य, द्वारिका देवी ठकुरानी लगायतका नेताहरुलाई म सम्झिन चाहन्छु यी सबै आमाहरुले नेपालीे प्रजातान्त्रिक आन्दोलनमा सहकार्य गरी अगाडी बढेको इतिहास छ । महिला आधा शक्तिका रुपमा हुन भन्ने हाम्रो पूर्वीय मान्यतालाई वहाँहरुले साकार पार्नु भएको छ । यो दिवसको सन्र्दभमा सबैलाई शुभकामना

 

Leave a Comment

*