feedback

बढ्दो महिला हिंसा विरुद्ध शान्तिपुर्ण प्रर्दशन आयोजना

2f0ae2f8-99c6-4098-bba8-b6f0e43949da्बढ्दो महिला हिंसा विरुद्ध शान्तिपुर्ण प्रर्दशन आयोजना
करुणा देवकोटा
फागुन १४ ।
हामी युवा, महिला हिंसा एवं सबै प्रकारका हिंसा विरुद्ध भन्ने नारा सहित शान्तिपुर्ण प्रर्दशन शुक्रवार भरतपुरमा सम्पनन भएको छ । बढ्दो महिला हिंसाको घटनाहरुलाई न्यूनिकरण गर्न मेन्स रुम रिलोडेढ एम.आर.आर ले कार्यक्रमको आयोजना गरेको हो । शान्तिका प्रतिक गौतम बुद्धको देश नेपालमा पछिल्लो समयमा महिला हिंसाका घटनाहरु बढ्दै गइरहेका छन् । बढ्दो महिला हिंसाले समाजमा महिलाहरुको शान्ति सुरक्ष्ाँको विषयमा पनि चुनौती देखापरिरहेको छ । विभिन्न बहानामा महिलाहरु हिंसामा पर्नुले सबै महिलाहरुको स्तन्त्र भएर बांच्न पाउने अधिकार माथि पनि प्रश्न खडा गरिरहेको छ । ब्रदर्स नेपालको सहयोगमा आयोजना गरिएको कार्यक्रम समाजमा बढ्दो महिला हिांसा न्यूनिकरण गरौं भन्ने उद्देश्यले आयोजना गरिएको हो । आगामी दिनमा कोही महिलाहरु विभिन्न बाहानामा हिंसामा नपरुन्, शोषणमा नपरुन् भन्दै शान्तिपुर्ण ¥याली आयोजना गरिएको एम.आर.आर का शक्ति क्ष्ँेत्रीले बताएका छन् । शिक्ष्ँित व्यक्तिहरुबाट पनि महिलाहरु हिंसाका परेका, यौन शोषण भोग्न बाध्य भएका कारण आजदेखी म महिला हिंसा गर्दिन भनेर प्रतिज्ञा गर्ने र गराउने कार्यक्रमको उद्देश्य भएको एम.आर.आर का समुन्द्र अधिकारीले बताएका छन् । हरेक प्रकारका हिंसा मुक्त समाज निर्माण गर्नु आजको आवश्यकता हो । महिलाहरु हिंसामा परेकै कारण शान्तिपुर्ण वातावरण समाजमा सृजना गर्न चुनौती देखा परिहरेको छ । हरेक दिन हिंसामा परेका पिडित महिलाहरुलाई हौसला प्रदान गर्न पनि कार्यक्रम फलदायी हुने आयोजकको विश्वास छ । चेतनामुलक शान्ति ¥याली नारायणगढको पुल्चोकबाट सुरु भई शदिदचोक, लायन्सचोक हुंदै चौविसकोठीमा आएर सभामा परिणत भएको थियो । सो अवसरमा मैनबत्ती समेत प्रज्जवलन गरिएको थियो । (((०००)))

 

Leave a Comment

*