feedback

ढाकामा हिन्दु पुरोहितको हत्या

ढाका, १४ फागुन । बङ्गलादेशको उत्तरपपश्चिमी क्षेत्रमा एक हिन्दु पुरोहितको हत्या गरेको आरोपमा तीन आतङ्ककारीको पक्राउ गरिएको छ । प्रहरी अधिकारीहरुले शुक्रबार सो जानकारी दिएका छन् ।

पक्राउ परेका ती सदस्यहरु प्रतिबन्धित जामातुल मुजाहिद्दिन बङ्गलादेश (जेएमबि) का सदस्यहरु भएको जनाइएको छ ।

ढाकाको राजधानी सहरबाट ४४३ किलोमिटर टाढा रहेको पन्चाग्रह जिल्लामा फेबु्रअरी २१ का दिन एक मन्दिरमा ५० बर्षीय हिन्दु पुरोहित जोगेस्वर दासाद हिकारीको घाँटी काटेर हत्या गरेका थिए ।

सो हत्यामा संलग्न जेएमबीका तीन सदस्यलाई हामीले पक्राउ गरेका छौँ, पन्चाग्रह जिल्लाका प्रहरी अधिकारीले शुक्रबार विहान बताएका छन् । रासस÷सिन्ह्वा

 

Leave a Comment

*