feedback

दलित कोटामा उम्मेदवारी छ : सासंद परियार

सृृजना अर्याल

चितवन, ०८ फागुन । व्यवस्थापिका संसदका सदस्य विष्णुमायाँ परियारले आफुले नेपाली काग्रेसको १३ महाधिवेसनमा पार्टिको केन्द्रिय सदस्य पदमा उम्मेदवारी दिने वताउनु भएको छ ।

IMG_9229
शनिवार पश्चिम चितवनको सारदानगरमा आयोजित कार्यक्रता भेटघाट कार्यक्रममा वोल्दै परियारले आफु केन्द्रिय सदस्यमा दलित कोटाको उम्मेदवारी दिने वताउनु भएको छ ।
नेपाल दलित संघकि केन्द्रिय उपाध्यक्ष समेत रहनु भएकि परियारले आफुले आफ्नो निर्वाचन क्षेत्रमा गरेको विकासका आधारमा केन्द्रिय सदय पदमा विजयी हुने विश्वास समेत व्यक्त गर्नु भयो । चितवन नगरालीका वडा नम्वर ३ सारदानगरका वुथ सभापति रेसम गुरुङ्गको अध्यक्षतामा सम्पन्न सो कार्यक्रममा वोल्दै उहाले यस्तो वताउनु भएको हो । कार्यक्रमका प्रमुख अतिथि नेपाली काग्रेसका जिल्ला सभापति जितनारायण श्रेष्ठले आफ्नो चितवनमा धेरौको केन्द्रिय सदस्य वन्ने ईच्छा भएपनि आज सम्म पनि एक जना केन्द्रिय नेता पाउन नसकेको वताउदै सबै मिलेर लागे सक्षम नेतृत्वलाई यसपटक जिताउन सकिने बताउनु भयो । त्यसको लागि आफुले पनि सहयोग गर्ने समेत स्पष्ट पार्नु भयो ।IMG_9346
जिल्ला वाट महाधिवेसनमा प्रतिनिधित्व गर्ने प्रतिनिधिहरुले एक भएर सक्षम नेर्तत्व चयन गरी केन्द्रमा पाउन समेत उहाँको आग्रह थियो । कार्यक्रममा पार्टि विशिष्ठ अतिथी पूर्व पार्टाी सभापति कृष्णलाल सापकोटा, कांग्रेस चितवन सचिव उत्तम ज्योशि, कोषाध्यक्ष शंकर कडेल, भरतपुर नगर सभापति भरत अधिकारी, चन्द्रध्वज गुरुङ्ग, प्रकाश अधिकारी, दिपक अधिकारी, सुर्यकला अधिकारी लगाएतले वोल्नु भएको थियो ।५ जना केन्द्धिय सदस्य रहने दलित कोटामा २ महिला केन्द्रिय सदस्यका लागि छुटाइएको छ ।IMG_9226 IMG_9254

 

Leave a Comment

*