feedback

कोइरालाको स्‍मृतिमा यु ए ई नेपाली राजदुतावासमा शोक कार्यक्रम

रामकुमार परियार, युएई

sushil koriala

 

नेपाली कांग्रेसका सभापति तथा पुर्व प्रधानमन्त्री सुशील कोईरालाको निधनप्रती नेपाली जन संपर्क समिती युएईले गहिरो दुस्ख व्यक्त गर्दै आगामी शुक्रवार नेपाली राजदुतावासमा शोक कार्यक्रम आयोजना गर्ने भएको छ ।
गत मंगलबार भएको कोईरालाको अप्रत्याशित निधनले देश शोकमा डुबेको बेला नेपाली जनसंपर्क समिति युएईले आज एक शोक विज्ञप्ति जारी गर्दै त्यस अकल्पनीय घटनाले असाध्य पिडाबोध भएको जनाएको छ । समितिका सभापति चित्र केसिद्वारा हस्ताक्षरित उक्त शोक विज्ञप्तिमा संघीय लोकतान्त्रिक नेपालको संविधान जारी गर्ने महत्त्वपूर्ण अभिभारा पुरा गरेका स्व। कोईराला निष्ठा , त्याग र समर्पणको प्रतिमुर्ति रहेको उल्लेख गरिएको छ ।
विज्ञप्तिमा कोईरालाको निधनले मुलुकलाई ठुलो क्षति पुगेको उल्लेख गर्दै वहाँले नेपाली जनसंपर्क समिति युएईलाई गर्नुभएको माया र साथको समेत स्मरण गरिएको छ ।साथै यस दुस्खद घडीमा मृतात्माको चिर शान्तिको कामना गर्न आगामी फेब्रुअरी १२ तारिख शुक्रबार दिउँसो २:३० बजे नेपाली राजदुतावास अबुधाबीमा शोक कार्यक्रम आयोजना गरिने समेत जनाईएको छ । उक्त कार्यक्रममा सहभागी भईदिन युएईमा रहेका सम्पुर्ण नेपालीलाई नेपाली जनसंपर्क समिती युएईले आग्रह समेत गरेको छ ।

 

 

Leave a Comment

*