feedback

एन आर एन अमेरिकाका बिभिन्न स्टेट च्याप्टरहरुद्वारा सुशिल कोइराला प्रती हार्दिक श्रद्दान्जली

एन आर एन अमेरिकाका बिभिन्न स्टेट च्याप्टरहरुले नेपाली काङ्रेस सभापति सुशिल कोइराला प्रती हार्दिक श्रद्दान्जली व्यक्त गरेको छ । एक संयुक्त प्रेस विज्ञप्ती मार्फत श्रद्दान्जली व्यक्त गरिएको हो।

 

आयो टप्प टिप्यो लग्यो मिती पुग्यो टारेर टर्दैन त्यो !

इन्द्रै विन्ती गरुन  झुकेर पदमा यो विन्ती मान्दैन त्यो
सादा जिबन उच्च बिचारका धनी, नेपाली कांग्रेसका सभापति एवम् पुर्व प्रधानमन्त्री शुशिल कोइरालाको आकस्मिक र अकल्पनिय निधनले सम्पुर्ण विदेशमा रहेका गैर आवासीय नेपालीहरुलाई मर्माहित तुल्याएको छ । देशले आज नेपाली कांग्रेसका निष्ठावान नेता मात्र नभै प्रजातन्त्रका प्रतिमूर्ति, नयाँ संविधानका पिता एवं सम्पुर्ण नेपालीका अभिभाबकलाई गुमाएको छ । आधा दशक भन्दा लामो समय सम्म बन्धक बनेको संविधानसभालाई नेतृत्व गरेर देशमा गैर आवासीय नेपाली नागरिकता सहितको संघिय लोकतान्त्रिक संविधानको निर्माणमा गरी उहाले दिनुभएको एतिहासिक योगदान नेपालको इतिहासमा सदाको लागी सुनौलो अक्षरले लेखिनेछ । सम्पुर्णआदरणिय  नेपाली दाजुभाई तथा दिदीबैनीहरु, यतिबेला एउटा इमान्दार, सादगी एवं सन्त नेताको अकस्मात मरणले सिंगो नेपाल लाई नै स्तब्ध तुल्याएको छ ।

त्यसैले यस दुखद घडिमा  उहाको दिबंगत आत्माको चीरशान्तिको कामना गर्दै सम्पुर्ण लोकतन्त्र प्रेमी गैर आवासीय नेपाली तथा नेपालीहरुमा धैर्य-धारणगर्ने शक्ति मिलोस र स्वर्गिय शुशिल दाले कोरेर छोडेको संवैधानिक बाटोमा लम्किदै लोकतान्त्रिक नेपाल विकास एवं समृद्धिमा लाग्ने छ भन्ने विश्वास ब्यक्त गर्दछौ ।
धन्यबाद ।
एनआरएन अमेरीका स्टेट च्याप्टर परिबार ।
(अध्यक्ष)
१. पुर्ण चन्द्र बानिया, क्यालिफोर्निया
२. ईश्वरी प्र. भट्ट, न्यु हाम्सायर
३. जेदु पोखरेल, मेरिल्यान्ड
४. राम ओझा कनेक्टिकट
५. मुकुन्द ओझा, न्यु जर्सी
६. सुमन वस्ती, ईलिनोय
७.  दिवाकर मह्रर्जन, ओरेगन
८. जगनलाल श्रेष्ठ, मिसिगन
९. रेवती राज अधिकारी नर्थ क्यारोलाइना
१०. बासुदेव ख़नाल, कोलोराडो
११.  उत्तम लामीछाने, टेक्सास ।

डिसेम्बर १०,२०१५

 

 

Leave a Comment

*