feedback

अमेरिकामा नेपाली रेस्टुराँ सर्वोत्क्रिष्ट अवार्ड जित्न सफल

दि हिमालयन ट्रिब्युन प्रतिनिधि

Laxman 2

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

सानो देशमा जन्मेपनी विस्वमा ठुलो नाम कमाउने नेपाली गौरवमय परम्परालाई निरन्तरता दिँदै गत सालमात्र खोलिएको थर्ड आई रेस्टुराँले बर्षको सर्वोत्क्रिष्ट रेस्टुराँको उपाधी जितेको छ। सो अवार्डको सिटी अफ मिल्ब्रे र मिल्ब्रे च्याम्बर अफ कमर्सको संयुक्त मुल्याङ्कन टोलिले मिल्ब्रे  इक्सिलेन्स इन बिजिनेज अवार्ड अन्तर्गत हाल सालै घोषणा गरी  जनवरी २१ का दिन एक भव्य समारोह र रात्रीभोजको माझ सो अवार्ड प्रदान गरिएको हो।

यस क्षेत्रका प्रतिष्टित समाजसेवी रोशन आधिकारि पनि भनेर चिनिने  लक्षमण आधिकारिको स्वामित्व र व्यवस्थानमा सँचालित  सो रेस्टुराँ,  मेल्ब्रे डाउनटाउनको मुटुमा अवस्थित छ। सो रेटुराँ नेपाली इन्डियन र हिमालयन पकवानहरु प्रस्तूत गर्दछ। दिन प्रतिदिन लोकप्रीय हुँदै गईरहेको   सो रेस्टुराँले एकै पटक झन्डै २०० जनालाई सेवा प्रदान गर्न सक्ने क्षमता राख्द छ भने चानचुन १०० जनालाई अटाउने बैंकवेट हल पनि छ। सो खुशीको खबर सङ्गै  हाम्रा प्रतिनिधि त्यहाँ पुगी संचालक रोशन अधीकारीलाई भेटी सङ्क्षिप्त कुराकानी गरेको थियो।यहाँ कार्यरत कूक र अन्य कामदार हरु झन्डै सबैजसो होटेल ब्यब्स्थापन र हस्पिट्यालिटीमा ग्रेजुएट हुनाका साथइ दीर्घ  अनुभवी पनि भएकोले यो सफलता पाईेको कुरा सन्चालक आधिकारिले बताउनु भयो। सो अवार्ड जितेको आफू प्रसन्न भएको र सो को सफलताको श्रेय आफ्नो सक्षम रेस्टुराँ समूहलाई जाने भन्दै सम्पूर्ण स्टाफलाई धन्यवाद दिनु भएको छ।  रेस्टुराँको भावी योजना बारे जिज्ञासा राख्दा निकट भविष्यमा नै फ्रिमन्ट र सान्फ्रान्सिस्को सिटिमा यसको साखा खोलिने र सोको व्यापक गृहकार्य भईरहेको जानकारी दिनु भयो।

Laxman certificate

त्यसै गरी सिटी अफ मिल्ब्रेमा कार्यरत अन्य केही व्य्वसायहरुले पनि अवार्ड जितेका छन। । यस बर्षको अवार्ड बिजेतहरुमा बिजिनेस अफ त एअर- ग्रेस योग, च्याम्बर एक्सिलेन्स अवार्ड- पेनिन्सुएला चाइनिज बिजिनेस असोसियसन, एक्सिलेन्स इन टुरिज्म -मिल्वूड इन यन्ड सुइट्स, कम्युनिटी पार्ट्नरशिप अवार्ड- प्रोभिडेन्ट क्रेडिट युनियन, बिउटिफिकेसन अवार्ड-अर्कार्ड सुप्लाई तथा प्रेसिडेन्ट अवार्ड -द ज्वाई लाइफ क्लब  रहेका  छन।

नेपालीव्यवसायीको यो सफलता प्रती हार्दिक प्रशन्नता व्यक्त गर्दै सम्पूर्ण नेपालीहरुको तर्फबाट सर्वोत्क्रिष्ट रेस्टुराँ अवार्ड बिजेता  थर्ड आई रेस्टुराँका सन्चाल्क रोशन आधिकारी  र उहाँको समूहलाई हार्दिक बधाई ज्ञापन गरिन्छ।

 

Third Eye1

 

 

 

 

 

 

Roshan

Plaque1

 

Leave a Comment

*