feedback

बेलायतमा हजारौँ डाक्टर हडतालमा 2016-01-12 21:19

 

लन्डन (बेलायत), २८ पुस । हजारौँ जुनियर डाक्टरले भुक्तानी तथा उनीहरुको जिम्मेवारीसम्बन्धी समस्यालाई लिएर आफ्नो कार्यालयको काम छोडी २४–घण्टे हडतालमा उत्रिएका छन् ।

तालिम अवधिमा कार्यरत् तथा दशवर्षसम्म अनुभव बटुलेका करिब ५० हजार डाक्टरले सरकारको भुक्तानी र जिम्मेवारीसम्बन्धी ल्याएको नयाँ कार्यक्रमका विरुद्धमा विरोधमा उत्रेकाले करिब चार हजार शल्यक्रिया तथा बहिरङ सेवा प्रभावित भएका छन् ।

यसैबीच बेलायती प्रधानमन्त्री डेभिड क्यामरुनले आन्दोलनमा उत्रिएका डाक्टरलाई विरोधका कार्यक्रम फिर्ता गरी संवादबाट समस्याको समाधान खोज्न आग्रह गर्नुभएको छ । रासस÷एपी

 

Leave a Comment

*