feedback

पृथ्वी नारायण शाहको स्मृतिमा अमेरिकामा महत्वपूर्ण अवार्ड स्थापना गरिने

श्रीजना अर्याल- दि हिमालयन ट्रिब्युन

Slide5




 

पश्चिम अमेरिका नेपाली महासंघ वानाका अध्यक्ष, एन ए एन सि का निवर्तमान अध्यक्ष तथा जनसंपर्क समिती अमेरिकाका केन्द्रिय सल्लाहकार उत्तम कार्किले पृथ्वी नारायण शाहको दिव्योपदेशलाई व्यवहारमा उतार्न सकेमात्र पृथ्वी जयन्ती मनाएको सार्थक हुने बताउनु भएको छ। हाम्रा पर्तिनिधी सँग कुरा गर्दै कार्कीले   पृथ्वी नारायण शाहको स्‍मृतिमा महत्वपूर्ण अवार्ड स्थापना गर्ने बारे महासंघमा बिचार  भईरहेको जानकारी दिनु भयो।  क्यालिफोर्नियाको शान्ता रोजामा २९४ औँ पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस २०७२  अवसरमा बिभिन्न व्यक्तित्वहरुले आआफ्न मन्तव्यहरु राख्नु भएको थियो।

उक्त अवसरमा नेपाल राष्ट्र निर्माता पृथ्वी नारायण शाह लगायत वीर पुर्खाहरु बिशेष सलामि (Grand Salute )  सार्वजनिक  सम्मान सम्मान गरिएको छ। सम्मानित वीर पुर्खाहरुमा गौतम बुद्द, महागुरु फाल्गुननन्द, मैथिली महाकवी विध्यापती,  काजी कालु पाण्डे, विर बलभद्र कुँवर ,  बडा काजी अमर  सिंह थापा, भक्ती थापा, अभिमान सिंह बस्नेत, राम शाह, आदीकवी भानुभक्त आचार्य, महाकवी  लक्ष्मी प्रशाद देवकोटा, राष्ट्रिय बिभुती पासँग लामु शेर्पा, शंखधर साख वा , सहिद्हरु लखन थापा, गंगालाल श्रेष्ठ, धर्मभक्त माथेमा,  शुक्र राज शास्त्री, तथा दशरथ चन्द तथा भि सि बिजेता घजे घले, भानुभक्त गुरुङ, कुल बहादुर पुन लगायत हुनुहुन्थ्यो।

Slide3

बिभिन्न संघ सस्थाको आव्हानमा शान्ता रोजामा नयाँ खोलिएको काफल  रेस्टुराँले  कार्यक्रम स्थल तथा भोजनको पनि व्यवस्था गरेर सो कार्यक्रमको आयोजकको भूमिका निर्वाह गरेको थियो। काफल रेस्टुराँका संचालक प्रिन्स युवराज कार्कीको सभापतित्वमा सम्पन्न सो कार्यक्रम बिभिन्न महानुभावले  राष्ट्र निर्माता पृथ्वी नारायण शाह को तस्विरमा माल्यार्पण पस्चात सुरु भएको थियो। सो कार्यक्रममा काफलका संचालक सुजित सिंहले स्वागत भाषाण गर्नु भएको थियो भने अर्का संचालक कौशल प्रताप जब राणा तथा सकुन राइले पनि आगन्तुकहरुलाई स्वागत गर्दै धन्यवाद व्यक्त गर्नु भएको थियो। पृथ्वी नारायण शाहको जीवन वारे प्रकाश पार्दै मणी नेपाली पनेरुले पृथ्वी नारायण शाह कुनै पनि हालतमा साम्राज्यवादी नभएको तर्क पेश गर्नु भयो।

Slide7

विशिस्ट अतिथीको आसनबाट बोल्दै पश्चिम अमेरिका नेपाली महासंघ वानाका अध्यक्ष, एन ए एन सि का निवर्तमान अध्यक्ष तथा जनसंपर्क समिती अमेरिकाका केन्द्रिय सल्लाहकार उत्तम कार्किले पृथ्वी नारायण शाहको दिव्योपदेशलाई व्यवहारमा उतार्न सकेमात्र पृथ्वी जयन्ती मनाएको सार्थक हुने बताउनु भएको छ। हाम्रा पर्तिनिधी सँग कुरा गर्दै कार्की ले   पृथ्वी नारायण शाहको स्‍मृतिमा महत्वपूर्ण अवार्ड स्थापना गर्ने बारे महासंघमा बिचार  भईरहेको जानकारी दिनु भयो।

जनसंपर्क समिती अमेरिका उत्तर क्यालिफोर्निया च्याप्टरका सभापति पूर्ण शेर्पाले देश बिखन्डन तिर गई रहेको र राष्ट्रियता खतरामा परेको यस घडी जन स्तरमा  अर्को पृथ्वी नारायण शाह जन्मन परेको छ भन्नु भयो। जनसंपर्क समिती अमेरिकाका बारीष्ठ उप सभापति धनन्जय नर सिंह के सि ले पृथ्वी जयन्तीलाई राष्ट्रिय एकता दिवस को रुपमा सबै संघ सस्थाहरु सन्लग्न मूल समारोह समिती बनाउन पर्ने कुरा व्यक्त गर्नु भयो।

यसै गरी बिभिन्न वक्ताहरुले पृथ्वी नारायण शाहको बारेमा मन्तव्य व्यक्त गर्नु भएको थियो। मन्तव्य व्यक्त गर्नेहरुमा एन आर एन क्यालिफोर्निया च्याप्टरका अध्यक्ष पूर्ण बानिया एन ए एन सि अधक्ष तेज राइ, एन मदर ल्यान्ड नेपालक अध्यक्ष तथा नेपाल पर्यटन बोर्डका प्रतिनिधि अनिल पाण्डे,  डब्लु जि एन कि सस्थापक बिष्णु गुरुङ एकता, लायन्स क्लब अफ बर्क्ली अन्न्पपूर्णका अध्यक्ष ध्रुव थापा, सनी सगरमाथा समाजका सस्थापक अध्यक्ष इश्वर सापकोटा, पूर्व अधक्ष हरिहर दाहाल, एन ए एन सि का पूर्व अध्यक्ष घन प्रशाद दबाडी   जन संपर्क समिती क्यालिफोर्निया च्याप्टरका उप सभापति नारायण खनाल तथा लक्ष्मी कार्की, लायन्स क्लब अफ  बर्क्ली अन्नपूर्णकी निवर्तमान अधक्ष हेमा पनेरुसमाजसेवी राधा शर्मा, प्रकाश बस्नेत लगायत हुनुहुन्थ्यो।

Slide6

उक्त अवसरमा अनौपचारिक् छलफलको माध्यमबाट एक्ताको लाई बल पुर्याउने पाँच तत्वलाई पहिचान गरी सो को अबलम्बन गर्ने प्रारम्भिक सहमति भएको छ। उक्त पांच तत्वहरुमा सबैले आपसी सह अस्तित्व स्वीकार गर्ने , आपसी फाइदा एक अर्का बिच बाडफाड गर्ने ,नकारात्मक सोच बन्द गरि सकारात्मक सोच वृद्धि गर्ने ,जेष्ठ तथा अग्रजहरुको सम्मान गर्ने परिपाटी थालनी गर्ने र प्राप्त उपलब्धि समान रुपमा वितरण गर्ने मा समझदारी भएको छ।

Slide4

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

Slide2

 

 

Slide1

 

Leave a Comment

*