feedback

नेपाली महिलाको नाममा अमेरिकामा हिंसाविरुद्ध दिवस घोषणा

 

bishnumaya_2काठमाडौं । गोरखा ताक्लुङकी डा.विष्णुमाया परियारले घरेलु हिंसाविरुद्ध काम गरेको सम्मान गर्दै अमेरिकाको केन्टकीको लुइभिल शहरले ‘डा. विष्णुमाया परियार डे’ मनाउने घोषणा गरेको छ ।त्यहाँको स्थानीय सरकारले हरेक वर्ष सेप्टेम्बर २७ लाई ‘डा. विष्णुमाया परियार डे’ को रुपमा मनाउने घोषणा गरेको हो ।

उनले नेपाल र अमेरिकामा सामाजिक न्यायका क्षेत्रमा उल्लेखनीय भूमिका खेलेको भन्दै सम्मान स्वरुप स्थानीय सरकारले यस्तो निर्णय गरेको हो ।

घरेलु हिंसामा परेका महिलाको अधिकार, दलित अधिकार र सामाजिक न्याय तथा मानव अधिकारका लागि काम गर्दै आएकी उनले अमेरिकी महिलाको अधिकारको लागि पनि काम गर्दै आएकी छिन् ।

सन् २००४ देखि घरेलु हिंसा विरुद्ध वकालत गर्नै आएकी डा. विष्णुमाया परियार अमेरीकामा रहेका पीडित महिलाको पक्षमा काम गर्न ‘कारणका लागि महिला’ नामक संस्था गठन गर्नुभएको छ ।

अमेरिकामा घरेलु हिंसा पीडित महिलाको अधिकारको रक्षा र आर्थिक अवस्था कमजोर भएका महिलाको न्यायका लागि उनको संस्थाले विना शुल्क काम गर्ने गदर्छ ।

 

Leave a Comment

*