feedback

राज्यको साँचो कांग्रेससगँ ः नेता खड्का

20160110_125505चितवन पष २६
नेपाली काग्रेसका नेता पुर्ण वहादुर खड्काले सरकाको नेतृत्व एमालेले गरेको भए पनि राज्यको साँचो काग्रेस संग रहेको वताउनु भएको छ । नेपाल प्रेस युनियन चितवनले काँग्रेस पार्टी कार्यालय कमलनगर चितवनमा आयोजना गरेको पत्रकार सम्मेलनमा वोल्दै नेता खड्काले यस्तो बताउनु भएको हो । काँग्रेस मुललुकको ठूलो राजनैतिक दल भएकाले देशमा देखिएको समस्या समाधानका लागि काग्रेस अग्रसर हुनु पर्ने वताउनु भयो । दशले संविधान पनि काग्रेसकै नेतृत्वमा पाएको भन्दै उहाँले अहिलेको समस्या पनि काग्रेसलेनै समाधान गर्नु पर्ने वताउनु भयो । काँग्रेसले चाहेको खण्डमा देशमा देखिएको समस्या तत्काल समाधान हुने भन्दै सवै दलहरु उकै स्थानमा वसेर काम गर्नु पर्ने वताउनु भयो ।20160110_130414 अहिलेको मुलुकमा उठेको मुद्धाले राष्ट्रियता माथि ठूलो प्रश्न उठेको भन्दै नेता खड्काले यसलाई संम्वोधन गर्न अहिलेको सरकार असफल भएको वताउनु भयो ।
एक फरक प्रसंगमा वोल्दै नेता खड्काले पार्टिको १३ औं महाधिवेसनले काग्रेसमा देखिएको ६० र ४० को भागवण्डाको अनतय गर्नु पर्ने वताउनु भयो । अहिले काग्रेस भित्र देखिएको यो भागवण्डा अन्त्यका लागि अधिकतम सहमति खोजिनु पर्ने समेत उहाँले वताउनु भयो । पार्टी अहिले सनातन सोच बाट अघि वढिरहेको भन्दै नेता खड्काले यसलाई चिरेर नयाँ सोच र कार्यायोजनालाई स्थापीत गराउनु पर्ने समय आएको समेत बताउनु भयो ।
काग्रेसको नेतृत्वमा जारी भएको संविधान कार्यान्वयनका लागि पार्टिको नेतृत्व पनि सोहि अनुसारको चलायमान हुनु पर्ने उहाँको भनाई थियो । आइतवार चितवन कांग्रेसले राखेको कार्यकता भेटघाट कार्यक्रममा सहभागी ह’नभएको थियो । सो अवसरमा पार्टी सभापति टेक प्रसाद ग’रुग , सभासद रामकृण्ण घिमिरे , अन्जनी श्रेष्ठ , सचिव जितनारायण श्रेष्ठ ,प्रवत्ता साजन क’मार महत्तो प’र्व सांसद उमा रेग्मी लगायत चितवनका नेता तथा कार्यकता उपस्थिती रहेको थियो ,

 

Leave a Comment

*