feedback

नारायणगढमा आईटि सम्बन्धि गोष्ठी सम्पन्न ।।

 
चितवन पुष २५
लुम्बिीनी आईसिटि कलेजको राईजिङ आईटि युथ क्लबको आयोजनामा नारायणगढमा शनिवार आईटि सम्बन्धि गोष्ठी सम्पन्न भएको छ । सेढाई होल्डिङ प्रालिका निर्देशक निर्देश सेढाईको प्रमुख आतिथ्यतामा सम्पन्न गोष्ठिमा चितवन, धादिङ, गोरखा, मकवानपुर र लमजुङका २ सय भन्दा बढी विद्यार्थीको सहभागिता रहेको थियो । गोष्ठिमा विद्यार्थीहरुले राखेको जिज्ञासाको नवराज पौडेल र प्रकाश खतिवडाले जवाफ दिनुभएको थियो । विद्यार्थीहरुलाई आईटि क्षेत्रमा आकर्शण बढाई यसबारेमा जानकारी दिने उद्धेश्यले गोष्ठि संचालन गरिएको आयोजकले जनाएको छ । कार्यक्रम क्लबका अध्यक्ष विदुर कुईंकेलको अध्यक्षतामा सम्पन्न भएको थियो ।

 

Leave a Comment

*