feedback

कम लगानी मा मौरी पालन

 

सृजना अर्याल
पुष १९ पुर्वि चितवन मौरी पालन व्यवशाय गनेृ किसानहरुले मौरी पालक कृषक र indexउपभोक्ता बिच मुल्यको समायोजन गरिनु पर्ने माग गरेका छन् ् । आइतवार पूर्वि चिकतवनको रत्ननगर नगरपालिकाको सभाहलमा आयोजित हातेमालो सहकारी संस्थाको पहिलो अधिवेशनमा सभामा उपस्थिित मौरी पालक किसानहरुले कम लागत मुल्य पाउने गरेको भन्दै बिचोलीयाहरुको कारण उपभोक्ताले महगो मा किन्न परेको बताएका छन् । महंगो मुल्यका कारण उपभोक्ताहरुले मह उपभोग मा वुद्धि हुन नसेको मौरी कृषकहरु को भनाई रहेको छ । धौलागिरी मौरी पालन व्यसाय गदै आएका पुथ्वीराज लामिछाने महको उचित मुल्य कायम गरिनु पर्ने भन्दै कम लगानीमा पनि सञ्चालन गर्न सकिने मौरी पालन व्यवसायबाट राम्रो आम्दानी गर्न सकिने बताए ।images
पुर्वि चितवनमा रहेको सो सहकारीको पहिलो अधिवेशनको उद्घाटन

कृषि तथा बन बिज्ञान बिश्व बिद्यालय चितवनका रजिस्टार प्राध्यापक डाक्टर सुर्यकान्त घिमिरेले गरेका थिए । उद्घाटनका क्रममा मन्तय दिदै रजिस्टार घिमीरेले मौरिपालन ब्यवसायी बिश्व बिद्यालय बिच सहकार्यको आवश्यकता रहेको बताए । रजिष्टार घिमिरेले मौरिका कारण खेतिको उत्पादन घट्ने भनि आम मानिसमा रहेको भ्रम चिर्न आवश्यक रहेको भन्दै महको बजारीकरणमा अझै सफल हुन नसकेकोले त्यसको लागि पहल गर्नु पर्नेमा जोड दिए । यस्तै कार्यक्रममा बोल्दै नेपाल मौरी पालन केन्द्धिय सहकारी संघका अध्यक्ष अर्जुन पोख्रेलले  पोख्रेरलले मौरि पालनले स्वदेशमै रोजगारीको अवशर सिर्जना गर्न सक्ने भन्दै उत्पादन राम्रो भए निर्यात समेत गर्न सकिने सम्भावना रहेको प्रष्टाय ।
उद्घाटन सत्रमा बिशिष्ट अतिथी नेपाल मौरिपालन महासंघका केन्द्धिय अध्यक्ष राजेन्द्र गौतम, नेपाल मौरिपालक महासंघ जिल्ला शाखा चितवनका अध्यक्ष पदम अमगाई, पशुसेवा केन्द्र रत्ननगरका प्रमुख शालिकराम पौडेल, माधबपुर कृषि सहकारी संस्थाका अध्यक्ष रामकृष्ण पन्त, सिर्जनशिल महिला बचत तथा ऋण सहकारीका अध्यक्ष गिता देबकोटा, किसान प्रतिनिधी राम प्रसाद पौडेल लगायतले मन्तब्य ब्यक्त गर्नु भएको थियो ।आइतवार नै सम्पन्न पहिलो अधिवेशनबाट अध्यक्षमा पुन प्रल्लाद अर्याल चयन भएका छन् भने उपाध्यक्षमा शिव प्रसाद शर्र्मा , सचिवमा रोशन पन्डित , कोषाध्यक्षमा बालकृष्ण चापागाई लगायत ९ सदस्सीय नयाँ कार्य समिति निर्वीरोध चयन गरिएको छ । पुर्वि चितवनका रत्ननगर , कालिका र खैरहनी नगर पलिकाका ३३ जना मौरी पालक कृषकहरु सो सहकारीमा आवद्ध रहेको अध्यक्ष अर्यालले जानकारी दिए ।

 

Leave a Comment

*