feedback

माडवरी युवा दिवसमा रक्तदान

12402194_1509064806090374_378568048250007621_o
करुणा देवकोटा
चितवन पुस १९ नेपालमा रहेका मारवाडी युवाहरुले मारवाडी युवा दिवसको अवसर पारेर चितवन सहित देशभरी विविध कार्यक्रम गरेका छन् । मारवाडी युवाहरुलाई विभिन्न सामाजिक क्रियाकलापहरुमा सक्रिय बनाउने उद्देश्यले कार्यक्रमको आयोजना गरिएको हो । देशका विभिन्न क्षेत्रमा रहेका २३ वटा मञ्चले युवा ¥याली, कम्बल वितरण, लुगा तथा फलफुल वितरण, रक्तदान लगायतका कार्यक्रमहरु गरेको छ । यसैबिच, नेपाल राष्ट्रिय मारवाडी युवा संगठन नारायणगढ चितवनको आयोजनामा युवा दिवसको अवसर पारी रक्तदान कार्यक्रमको आयोजना गरिएको छ । स्थानीय मारवाडी युवा मञ्च, नारायणगढको आयोजनामा कार्यक्रम गरिएको हो । युवा दिवसको अवसरमा आयोजित रक्तदान कार्यक्रममा चार जना महिला सहित ४० जनाले रक्तदान गरेको रक्त सञ्चार केन्द्र भरतपुरका प्राविधिक विश्व सापकोटाले जानकारी दिएका छन् । 12484783_1509064656090389_1045439044016350343_oकार्यक्रममा समाजसेवी ममता शर्मा न्यौपाने प्रमुख अतिथि रहेकी थिइन् । कार्यक्रममा न्यौपानेले मारवाडी युवाहरुले गरेको काम अत्यन्तै सहरानिय भएको भन्दै प्रसंसा गरेकी थिइन् । अन्य युवाहरुले समेत मारवाडी युवाहरुबाट समाजसेवाका कामहरु सिकेर समाजमा राम्रा कामहरु गर्न अग्रसर हुनुपर्ने न्यौपानेको भनाई छ । कार्यक्रममा मारवाडी सेवा केन्द्र चितवनका अध्यक्ष दिनेश राठी विशिष्ठ अतिथि रहेका थिए ।12419006_1509064699423718_3807022790802636599_o मारवाडी महिला मञ्च चितवनकी अध्यक्ष रुची तायल, प्रेसिडेन्सी कलेजका शम्भु क्षेत्री, लगायतको सहभागिता रहेको कार्यक्रम मारवाडी युवा मञ्च नारायणगढका अध्यक्ष सन्दिप अग्रवालको अध्यक्षतामा सम्पन्न भएको हो

 

Leave a Comment

*