feedback

अन्तर्राष्ट्रिय भलिबलका लागि स्टेयरिङ कमिटी गठन
भरतपुर/पटिहानीमा आगामी फागुन अन्तिम साता आयोजना गर्न लागिएको अन्तर्राष्ट्रियस्तरको भलिबल प्रतियोगिताका लागि स्टेयरिङ कमिटी र सचिवालय समिति गठन गरिएका छन् ।
गतसाता मूल आयोजक समिति गठन गरिएको आयोजक पद्मोदय युवा क्लबको शनिबार बसेको बैठकले अध्यक्ष रामहरि सेढाईंको संयोजकत्वमा ११ सदस्यीय स्टेयरिङ कमिटी र १३१ सदस्यीय सचिवालय समिति गठन गरेको छ । महाशिवरात्रीको अवसर पारेर आगामी फागुन २३ देखि २६ गतेसम्म आयोजना गर्न लागिएको प्रतियोगितामा नेपालका ३ विभागीय र ३ वटा अन्तर्राष्ट्रिय क्लबले सहभागिता जनाउने छन् ।
स्टेयरिङ समितिको सदस्यहरुमा पदमबहादुर पौडेल, विकास सापकोटा, कुशल पौडेल, सञ्जीव पाण्डे, विकास कार्की, धर्मराज महतो, मुक्तबहादुर पौडेल, दिननाथ आचार्य, रामहरि भण्डारी र खड्कबहादुर अधिकारी चयन भएका छन् । यसअघि सम्पन्न बैठकबाट ५०१ सदस्यीय मूल आयोजक समिति र २४ वटा उप–समितिहरु गठन गरिएका थिए । प्रतियोगितामा नेपाल प्रहरी, त्रिभुवन आर्मी र सशस्त्र प्रहरी क्लबसँगै भारत, बंगलादेश र भुटानका क्लब सहभागी हुने प्रवक्ता विकास कार्कीले जानकारी दिए ।
प्रतियोगितामा पहिलो हुनेले नगद रु. १ लाख ५० हजार, दोस्रो हुनेले रु. १ लाख र तेस्रो हुनेले रु. ५० हजारसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् ।

 

 

Leave a Comment

*