feedback

क्रिकेट प्रतियोगिताको उपाधि वीरेन्द्र बहुमुखी क्याम्पसलाई

12466105_925744744175289_4176547745961853753_oभरतपुर । शिव पौडेल स्मृति अन्तरकलेज राष्ट्रिय क्रिकेट प्रतियोगिताको उपाधि वीरेन्द्र बहुमुखी क्याम्पसले जितेको छ । फाइनलमा हर्टल्याण्ड एकेडेमीलाई २ रनले पराजित गर्दै वीरेन्द्रले उपाधि जितेको हो । टस हारेर ब्याटिङको निम्तो पाएको वीरेन्द्रले अन्तिम बलमा अलआउट हुदै ११० रन बनाएको थियो । जसमा सोनु तामाङले ४ छक्का र १ चौकाको मद्यतले ३१ बलमा ४१ रनको योगदान गरे । त्यस्तै मेहबुब आलमले २३ बलमा १३ रन र जुगल चौधरीले १७ बलमा १२ रनको योगदान रह्यो । हर्टल्याण्डका लागि अमर सिंह रटौलाले ४ तथा ललित सिंह भण्डारी, रुपेश श्रीवास्तव, र दिनेश आग्रीले समान १ विकेट लिए । जवाफि ब्याटिङमा उत्रेको हर्टल्याण्डले निर्धारित २० ओभरमा ९ विकेटको क्षतिमा १०८ रन मात्र बनाउन सक्यो । हर्टल्याण्डका लागि भूपेन्द्र थापाले ५५ बलमा ५६ रन तथा भुवन कार्कीले १० बलमा ११ रन जोडेका थिए । वीरेन्द्र12401845_925745227508574_6033320030872484997_o जिताउन अमित सिंह र मेहबुब आलमले २÷२ तथा विश्वजित आरोन र प्रकाश विष्टले समान १ विकेट लिएका थिए । खेलको प्लेयर अफ द म्याचको उपाधि ५५ बलमा ५६ रन बनाउने हर्टल्याण्डका भूपेन्द्र थापाले पाए । त्यस्तै प्रतियोगितामा ५ खेल खेलेर ९५ रन बनाएका तथा ७ विकेट लिएका वीरेन्द्रका सोनु तामाङ प्लेयर अफ द सेरिज घोषित भए । साथै प्रतियोगिताको बेस्ट ब्याट्सम्यान बालकुमारी कलेजका सागर पुन र बेस्ट बलर हर्टल्याण्डका भुवन कार्की घोषित भएका छन् । प्रतियोगितामा विजयी हुने टिमलाई १ लाख ६८ हजार ९ सय २ नगद पुरस्कार सिल र प्रमाण पत्र तथा दोस्रो हुने टिमलाई १ लाख ३५ हजार ९ सय २ नगद पुरस्कार सिल र प्रमाणपत्र प्रदान गरिएको छ । प्रतियोगिताका प्लेयर अफ द सेरिजलाई १५ हजार ९ सय २ र स्मार्ट फोन तथा बेस्ट ब्याट्सम्यान र बेस्ट बलरलाई ५ हजार ९ सय २ नगद पुरस्कार र स्मार्टफोन प्रदान गरिएको छ । प्रतियोगिताको समापन समारोहमा बोल्दै प्रतियोगिताका निर्देशक अनिल अधिकारीले खेलाडिहरुले खेल खेलेका कारणले नै प्रतियोगिता सफल भएको बताए । प्रतियोगिताको आयोजना गर्न सहयोग गर्ने सम्पुर्णलाई उनले धन्यवाद समेत दिएका थिए ।

 

Leave a Comment

*