feedback

क्रिकेट मैदानमा सिटोला

पुष ११, चितवन तेसा्रे शिव प्रसाद स्मृति क्रिकेक प्रतियोगीता खेल अवलोकनका गर्न नेपाली कांग्रेसका नेता एवं पुर्व गृह मन्त्री कृष्ण प्रसाद सीटौला सहितको कांग्रेस नेता तथा कार्यकताको टोली ले अवलोकन गर्नुभयो । सो क्रममा पूर्व गृह मन्त्री सीटोलाले खेलका प्लयेर अफ द म्याच पुरुस्कार प्रदान पनि गर्नु भएको छ ।   नेका चितवन पार्टी सभापति टेक प्रसाद गुरुग , सचिव जित नारायण श्रेष्ठ लगायतका टोली मेदान पुगेका हुन् । शनिवार शिव पौडेल स्मृति अन्तर12401976_923876471028783_985273517927012250_oकलेज राष्ट्रिय क्रिकेट प्रतियोगिताको सुपर सिक्स चरणको शनिबारका खेलमा हर्टल्याण्ड कलेज र इन्फरमेटिभ कलेज पोखरा विजयी भएका छन् । आजको पहिलो खेलमा हर्टल्याण्डले बालकुमारी कलेजलाई ६ विकेटले पराजित गरेको हो । टस हारेर ब्याटिङको निम्तो पाएको बालकुमारीले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १२२ रन बनाउन सफल भएको थियो । बालकुमारीका लागि सागर पुनले ४९ बलमा ५१ रन, विक्रम सोबले अविजित १६ बलमा १८ रन तथा राजु पौडेलले १९ बलमा १५ रन जोड्न सफल भएका थिए । हर्टल्याण्डका लागि भुवन कार्कीले ५ तथा प्रदिप ऐरी, दिनेश आग्री र अरुन ऐरीले समान एक विकेट लिएका थिए । जवाफि ब्याटिङमा उत्रेको हर्टल्याण्डले १८ ओभरमा ६ विकेट छँदा नै लक्ष्य भट्याउन सफल भयो । हर्टल्याण्डलाई जिताउन भुपेन्द्र थापाले सर्वाधिक ४१ बलमा ५६ रन, अरुन ऐरीले ४७ बलमा ३७ रन तथा दिनेश आग्रीले अविजित १० बलमा ११ रनको योगदान गरेका थिए । बालकुमारीका लागि विक्रम सोब, अविनास कर्ण र सागर पुनले समान १ विकेट लिए । यसअघि उत्कृष्ट बलिङ गरेका बालकुमारीका खेलाडि यस खेलमा भने महंगा सावित भए । जसमा सागर पुनले ३३ रन तथा मञ्जित श्रेष्ठ र विक्रम सोबले ३०÷३० रन खर्चेका थिए । खेलको प्लेयर अफ द म्याच ४ ओभरमा १ मेडेन फाल्दै १६ रन खर्चे920696_923876477695449_5363155252484909921_oर ५ विकेट लिएका हर्टल्याण्डका भुवन कार्की भए । IMG_5505त्यस्तै शनिबार नै भएको सुपर सिक्स अन्तर्गतको दोस्रो खेलमा पेन्टागन कलेजलाई इन्फरमेटिभ कलेज पोखराले ५ विकेटले पराजित गरेको छ । टस जितेर ब्याटिङ रोजेको पेन्टागनले पुरा ओभर खेल्दै ९ विकेटको क्षतिमा ७९ रन जोड्न सफल भएको थियो । पेन्टागनका लागि सञ्जय शाहले २७ बलमा १९ रन बनाउनु बाहेक अन्य ब्याट्सम्यानले दोहोरो रन जोड्न सकेनन् । पोखराका लागि इमरान खानले २, राजु गुरुङले २ तथा करन केसी र जिम्मी गुरुङले समान एक विकेट लिए । ८० रनको विजय लक्ष्य पछ्याएको पोखराले १३ दशमलव २ ओभरमा ५ विकेट छँदै लक्ष्य पुरा ग¥यो । पोखरालाई जित हासिल गर्नको लागि इमरान खानको २० बलमा ५१ रनको योगदान काफि रह्यो । पेन्टागनका लागि सञ्जय शाहले २ तथा नविन सिंह थापा र बुद्धि द्वारीयाले समान एक विकेट लिए पनि पेन्टागनलाई जित दिलाउनु असमर्थ रहे । खेलको प्लेयर अफ द म्याचको उपाधि उत्कृष्ट बलिङ तथा ब्याटिङ गरेका पोखराका इमरान खानले पाए ।  । सुपर सिक्सअन्तर्गतको आज आइतबारको खेल बालकुमारी कलेज र न्यु होराइजन बुटवल तथा वीरेन्द्र बहुमुखी क्याम्पस र इन्फरमेटिभ कलेज पोखराको विचमा हुनेछ ।

 

Leave a Comment

*