feedback

बालकुमारी कलेज सुपर ६ मा इआइसी काठमाडौ बिजयी

IMG_5500
चितवन पुष ४
चितवनको भरतपुरमा चलिरहेको शिव पौडेल स्मृति तेस्रो अन्तरकलेज राष्ट्रिय क्रिकेट प्रतियोगिताको शनिवार भएको खेलमा बालकुमारी कलेजले आइएसएमटी लाई २६ रनले पराजित गर्दै सुपर IMG_5449मा प्रवेश गरेको छ । टस जितेर व्यटिङको लागि मैदानमा उत्रेको बालकुमारीले पुरा ओभर खेल्दै ९ विकेटको क्षतिमा १३३ रन बनाएको थियो । बालकुमारीका लागि मञ्जित श्रेष्ठले २१ बलमा ४८ रन तथा सागर पुनले १७ बलमा १९ रनको योगदान गरे । त्यस्तै आइएसएमटीका सञ्जय श्रेष्ठले ३ ओभरमा १९ रन खर्चेर ४ विकेट र यज्ञमान कुमालले ४ ओभरमा २७ रन खर्चेर २ विकेट लिएका थिए । खेलको दोस्रो इनिङमा बालकुमारीले आइएसएमटीलाई १०८ रनमा रोक्न सफल भयो । आइएसएमटीले पुरै ओभर खेलेर ८ विकेटको क्षतिमा १०८ रन मात्र बनाउन सकेको हो । बालकुमारीलाई जिताउन विक्रम सोबले २ विकेट तथा अविनास कर्ण र सागर पुनले १÷१ विकेट लिएको थिए । खेलका प्लेयर अफ द म्याचको उपाधी २१ बलमा ४८ रन बनाएका मञ्जित श्रेष्ठले पाए । उनलाई नेपाल प्रेस युनियन का वरिष्ठ उपाध्यक्ष दिपक आर्चायले पुरस्कार प्रदान गरेका थिए ।
न्यु ओएसिस एकेडेमी र इआइसी काठमाडौं विच भएको पहिलो खेलमा इआइसी ८ विकेटले विजयी भएको छ । प्रतिष्ठाको लागि मात्र खेलिएको आजको खेलमा टस जितेर पहिले व्याटिङ रोजेको न्यु ओएसिस एकेडेमीले १९ दशमलव २ ओभरमा अल आउट हुँदै ८३ रन बनाएको थियो । न्यु ओएसिस एकेडेमीका लागि अर्पन कुँवरले १६ बलमा १६ रन तथा अगेन्द्र छन्त्यालले १७ बलमा १४ रन बनाउनु बाहेक अन्य ब्याट्सम्यानले उल्लेख्य प्रर्दशन गर्न सकेनन् । न्यु ओएसिस एकेडेमीलाई ८३ रनमा अल आउट गर्न इआइसीका रमेश सहोव, सौरभ पेला, अर्पन काफ्ले र विज्ञान पाण्डेले २÷२ विकेट लिए । ८४ रनको विजय लक्ष्य पछ्याएको इआइसीले ७ दशमलव ३ ओभरमा २ विकेट गुमाउदै ८५ रन बनाएको थियो । इआइसीलाई जिताउन माधव यादवले ६ चौकाको मद्यतले १६ बलमा ३६ रन तथा बब्लु यादवले १६ बलमा २२ रनको योगदान गरे ।IMG_5441 खेलमा इआइसीका अदिल खानले प्रतियोगिताको पहिलो छक्का प्रहार गरेका थिए । प्रतियोगिताको प्लेयर अफ द म्याच १६ बलमा ३६ रन हानेका इआइसीका माधव यादव भए । न्यु ओएसिस एकेडेमी र इआइसी काठमाडौं प्रतियोगिताबाट बाहिरिएका छन् । दुवै टिम हर्ट ल्याण्ट क्रिकेट एकेडेमीसँग पराजय भएका थिए। प्रतियोगिताको भोलिको खेल एसपीए धादिङ र हेटौँडा तथा स्याङ्जा र पोखराको विचमा हुनेछ । वीरेन्द्र बहुमुखी क्याम्पस भरतपुरको खेल मैदानमा भइरहेको सो प्रतियोगिता मा राष्ट्रिय स्तरका खेलाडीहरु बिनोद भण्डारी , सागर पुन, मेहबुब आलम, राजेश पुलामी, सोमपाल कामी लगाएत भरतीय खेलाडीहरुको सहभागीता रहेको छ । ेनेपाल बिद्यार्थी संघ बिरेन्द्र बहुमुखी क्याम्पस ईकाई समितिको आयोजनामा भएको सो खेल मा १८ टिमले सहभागीता जनाएका छन् ।

 

Leave a Comment

*