feedback

आइएसएमटी र हर्ट ल्याण्ड विजयी

भरतपुर ,पुष ३ शिव पौडेल स्मृति अन्तरकलेज राष्ट्रिय क्रिकेट प्रतियोगिताको आजको पहिलो खेलमा आइएसएमटी १ सय ७ रनले विजयी भएको छ । टस जितेर पहिले व्याटिङ रोजेको आइएसएमटीले पुरै ओभर खेल्दै सात विकेटको क्षतिमा १ सय ८६ रन बनाएको थियो । १ सय ८७ रनको लक्ष्य पछ्याएको युनाईटेड टेक्निकल कलेज १९ दशमलव २ ओभरमा जम्मा ७८ रन बनाउदै अलआउट भयो । आइएस एमटीलाई जिताउन विवेक गुप्ताले ३९ वलमा ६१ तथा सुवास प्रधानले २४ वलमा २९ रनको योगदान गरे । खेलमा ४ विकेट लिएका यज्ञमान कुमाल म्यान अफ द म्याच भए । त्यस्तै आज नै भएको न्यु ओएसिस एकेडेमी, बाग्लुङ र हर्ट ल्याण्ड क्रिकेट एकेडेमी काठमाडौे विचको खेलमा हर्ट ल्याण्डले न्यु ओएसिस एकेडेमीलाई ७ विकेटले पराजित गरेको छ । टस जिति ब्याटिङ रोजेको न्यु ओएसिस एकेडेमीले १८ दशमलव ५ ओभरमा अल आउट हुँदै ८० रन जोड्न सफल भएको थियो । ८१ रनको विजय लक्ष्य पछ्याएको हर्ट ल्याण्डले १३ दशमलव ४ ओभरमा ३ विकेट गुमाउदै लक्ष्य भेट्याएको हो । हर्ट ल्याण्डका लागि प्रदिप ऐरीले ४१ बलमा ६ चौकाको मद्यतले ४४ रन जोड्न सफल भएका थिए । त्यस्तै शक्ति भण्डारीले २२ वलमा १२ रन बनाएका थिए । खेलको म्यान अफ द म्याच हर्ट ल्याण्डका दिनेश आग्री भए । उनले ४ ओभरमा एक मेडेन फाल्दै ८ रन खर्चेर ४ विकेट लिएका थिए । प्रतियोगितामा भोलि पहिलो खेल बालकुमारी र आइएसएमटिको विचमा हुदैछ भने दोस्रो खेल न्यु ओएसिस एकेडेमी र सनबि काठमाडौको विचमा हुनेछ ।

 

Leave a Comment

*