feedback

पहिलो पटक चितवन र कास्की जिल्लामा खोप अभियान

IMG_5022चितवन ,पुष १
महिलामा हुने क्यान्सर मध्ये सबैभन्दा बढी पाठेघरको मुखको क्यान्सर हुने गरेको पाईएपछि सरकारले पहिलो पटक चितवन र कास्की जिल्लामा खोप अभियान संचालन गर्ने भएको छ । नेपालमा महिलाहरुमा हुने क्यान्सरमध्ये सबैभन्दा बढी अर्थात् ७० प्रतिशत क्यान्सर पाठेघरको मुखको हुने गरेको छ ।
जिल्ला जनस्वास्थ्य कार्यालय चितवनले आज भरतपुरमा आयोजना गरेको सञ्चारकर्मीहरुलाई अभिमुखिकरण तथा अन्तक्र्रिया गोष्ठीमा दिईएको जानकारी अनुसार चितवन जिल्लाका आठ हजार बालिकालाई यो खोप दिईने छ ।
बालस्वास्थ्य महाशाखाका खोप अधिृत भरत भण्डारीका अनुसार, विद्यालय जाने कक्षा ६ मा अध्ययनरत विद्यार्थी र विद्यालय बाहिरका १० वर्ष उमेरका बालिकालाई यो खोप दिईने छ । खोप कार्यक्रम पौष १६ गतेदेखि २२ गतेसम्म संचालन गरिने भण्डारीले जानकारी दिनुभयो ।
विश्व स्वास्थ्य सङ्गठनका अनुसार संसारभरमा प्रत्येक वर्ष २ लाख ७० हजार भन्दा बढी महिलाहरुको पाठेघरको मुखको क्यान्सरको कारणले मृत्यु हुने गर्दछ । जस मध्ये ८५ प्रतिशत मृत्यु विकासोन्मुख देशहरुमा मात्रै हुन्छ । सन् २०१२ को तथ्यांक अनुसार संसारभरमा त्यस वर्ष ५ लाख २८ हजार महिलामा पाठेघरको मुखको क्यान्सरको निदान भएको थियो र यसमा पनि ८५ प्रतिशत विकासोन्मुख देशहरुमा मात्रै पाइएको थियो । सो वर्ष २ लाख ६६ हजार महिलाको मृत्यु पाठेघरको मुखको क्यान्सरको कारणले भएको जानकारी भण्डारीले दिनुभयो ।
पाठेघरको मुखको क्यान्सर ३५ देखि ६४ वर्षसम्मका महिलामा धेरै हुने गरेको उहाँले बताउनुभयो । नेपालमा प्रत्येक वर्ष करिब १० हजार २० जनामा पाठेघरको मुखको क्यान्सर हुने अनुमान गरिएको छ । जसमध्ये ५० प्रतिशतको मृत्यु हुने गरेको तथ्यांक छ । IMG_4779
संसारका विभिन्न देशहरुमा गरिएको अध्ययन अनुसार पाठेघरको मुखको क्यान्सरको प्रमुख कारण एचपिभी ज्गmबल एबउष्िियmब ख्ष्चगक नामक भाइरस हो । पाठेघरको मुखको क्यान्सरबाट बच्न सुरुको अवस्थामा नै निदान भई उपचार गर्न सकिएमा यस रोगबाट बच्न सकिन्छ ।IMG_5018IMG_5018
खोपको प्रयोग यौन सम्पर्क वा महिनावारी हुनु भन्दा अगाडि नै गर्दा धेरै प्रभावकारी हुने सो कार्यक्रममा जानकारी दिईयो । त्यसैगरी महिलाहरुले नियमित पाठेघरको मुखको जाँच गरी समयमै रोग निदान गर्न सके यो रोगबाट बच्न सकिने खोप अधिकृत भण्डारीले बताउनुभयो । एचपिभिको संक्रमण भएको १० देखि १५ वर्ष पछि मात्र क्यान्सर देखा पर्ने पनि उहाँले बताउनुभयो । समय समयमा पाठेघरको मुखको जाँच गारउन सके यसबाट बच्न सकिने बताईएको छ । गाभी नामक संस्थाको सहयोगमा प्राप्त ३० हजार भाईल भ्याक्सिन चितवनका आठ हजार र कास्कीका ६ हजार पाँच सय किशोरीलाई ६ महिनाको अन्तरमा दुई पटक लगाईदैछ ।

 

Leave a Comment

*