feedback

सम्मानित समाजसेवी उमा कार्की थापालाई बधाईको ओइरो

श्रीजना अर्याल-दी हिमालयन् ट्रिब्युन

Uma

 

पश्चिम अमेरिका नेपाली महासंघ (WANA ) कि सस्थापक अधक्ष, नेपाल अमेरिका एक्ता समाज कि निवर्तमान अध्यक्ष तथा NRN NCC USA कि पूर्व महिला सँयोजक उमा कार्की थापा न्यु योर्कमा सम्मानित हुनु भएको छ। लामो समय सम्म्म सामाजिक सेवामा अग्रणी भूमिका खेलेर समाजलाई सकारात्मक दिशानिर्देश गरेबापत उहाँलाई सम्मान गरिएको हो। अमेरिकामा चर्चित अन्लाइन पत्रीका यु एस् नेपाल अन्लाइन यु एन ओ को वार्षिक उत्सवको अवसरमा    एक भव्य समारोहमा उहाँलाई सम्मान गरिएको थियो।

उमा कार्की थापा एक संघर्षशील महिला नेत्रिको नाम हो जो एस भन्दा अघी पनि कैयौं पटक सम्मानित भईसक्नु भएको छ। उहाँ एन आर एन एम्र्जिङ वोमेन लिडर्शिप अवार्ड, एन ए जि सि हिरो अवार्ड लगायत कैयौँ अवार्ड र सम्मानबाट  सम्मानित हुनु भएको छ। आफ्नो सस्थापक अध्यक्ष सम्मानित हुनु भएकोमा पश्चिम अमेरिका नेपाली महा संघले खुशी प्रकट गरेको छ। महासंघका अध्यक्ष उत्तम कार्कीले एक वकत्व्य प्रकाशित् गर्दै सम्म्मान गर्ने सस्थाको बुद्दिमतापूर्ण निर्णयको प्रसँशापूर्ण स्वागत गर्नु भएको छ। उहाँको सम्मानले सिङ्गो वाना सम्मानित भएको  भन्दै आयोजक सस्थालाई हार्दिक धन्यवाद दिनु भएको  छ। त्यसै गरी नेपाल विश्व सहयोग संघ NAGC का सस्थापक अध्यक्ष मणी नेपाली पनेरुले उहाँलाइ हार्दिक बधाई दिँदै आफ्नो सस्थाकी सम्मानित सलाहकार,  सुप्रशिद्द समाजसेवी तथा चर्चित  महिला नेत्री उमा कार्की थापाको सम्मानले पवित्र समाजसेवालाई प्रेरित गरेको छ भन्नु भएको छ ।

यस अवसरमा अमेरिकामा कार्यरत महत्वपूर्ण संघ सस्थाका नेत्रित्वगण तथा प्रतिनिधिहरुले उमा कार्की थापा सम्मानित हुनु भएकोमा खुशी प्रकट गर्दै हार्दिक बधाई ज्ञापन गर्नु भएको छ। यसरी बधाई दिनुहुनेहरुमा पश्चिम अमेरिका नेपाली महा संघ WANA का महासचिव भरत बास्कोटा नेपाली जनसंपर्क समिती सदर्न क्यालिफोर्निया च्याप्टरका सभापती मदन पाठक, NRN NCC USA का सल्लाहकार मुकुन्द ढुङ्गाना , नेपाली जनसंपर्क समिती नर्दन क्यालिफोर्नियाकी उपसभापती लक्ष्मी कार्की, लायन्स क्लब अफ बर्क्ली अन्नपूर्णकी निवर्तमान अध्यक्ष तथा एन आर एन महिला राष्ट्रिय समितीको पूर्व सदस्य हेमा पनेरु, समाजसेवी बिष्णु माया परीयार, पत्रकार प्रदीप थापा तथा अग्नी चौलागाईं, नेपाल अमेरिका एकता समाजका पूर्व उपाधक्ष सुर्य प्रसाइ, नेपाल विश्व सहयोग संघ क्यालिफोर्निया च्याप्टरको अध्यक्ष सिता प्रसाइ, एन आर एन अाइ सि सि पूर्व सदस्य तथा एन आर एन एन सि सि यु एस् ए का पूर्व कोषाधक्ष राजेन्द्र सिवाकोटी, असोसियसन अफ नेप्लिज इन मिड वेष्ट अमेरिकाका पूर्व अधक्ष गोपेन्द्र भट्टराई लगायत सय भन्दा धेरैको बधाई प्राप्त भईसकेको र आउने काम जारी रहेको कुरा उहाँको  पारीवारिक सुत्रले बताएको छ।

Honor Uma

 

Leave a Comment

*