feedback

प्रेस विज्ञप्ति-नाकावन्दी मानव अधिकारमाथि कुठाराघात

मिति ः २०७२/०८/२३

प्रेस विज्ञप्ति

सन्दर्भ ६७आंै विश्व मानव अधिकार दिवस
नाकावन्दी मानव अधिकारमाथि कुठाराघात

६७आंै विश्व मानव अधिकार दिवसका सन्दर्भमा मानव अधिकार तथा शान्ति समाजले ‘‘नाकाबन्दी मानवता विरुद्धको अपराध हो, नाकावन्दी मानव अधिकारमाथि कुठाराघात हो’ भन्ने मुलनारा सहित संचालन गरेको १० दिवसीय विशेष अभियानको नवांै दिन ९ डिसेम्बरमा भारतले लगाएको नाकावन्दी विरुद्ध नयाँ बानेश्वरमा हस्ताक्षर संकलन अभियान संचालन गरिएको छ ।
अभियानको दशांै दिन विश्व मानव अधिकार दिवसका दिन मंसिर २४ गते नाकावन्दी विरुद्ध भारतीय राजदुतावास अगाडि लाजिम्पाटमा दिउँसो १ बजे धर्ना आयोजना गरिएको छ, जस्मा समाजका संस्थापक सभापति कृष्ण पहाडी लगायत अधिकारकर्मीहरुको सहभागिता रहनेछ ।

६७आंै विश्व मानव अधिकार दिवसका सन्दर्भमा मानव अधिकार तथा शान्ति समाज, राज्यको भूमिका सदैव अभिभावकको रुपमा हुनुपर्ने तर्फ राज्य/सरकारको ध्यानाकर्षण गराउँदछ भने आन्दोलनरत दल/मोर्चालाई हिंसाबाट टाढै रहन र नाकावन्दी जस्तो मानवताविरोधी कृत्यको. वकालत/अवलम्बन नगर्न स्मरण गराउँदछ । साथै दण्डहीनताको अपसँस्कृतिलाई अन्त्य गर्न सम्बद्ध सबैपक्षलाई आह्वान गर्दछ ।


गङ्गाधर अधिकारी
सभापति
९८५११२१०७४

 

Leave a Comment

*