feedback

पुर्व जि.सी अ अतिथीलाई मातृशोक

IMG_3572

मंसिर १९ भरतपुर
लामोसमय शिक्षा क्षेत्रमा योगदान पूर्याउनु भएका पूर्व जिल्ला शिक्षा अधिकारी श्याम जि अतिथि सेढाईलाई मातृशोक परेको छ । उंहाको १०१ वर्षिय माता उमाकुमारी सेढाईको गत मंसिर ११ गते स्वर्गारोहण भएको हो । ममतामयी माता सेढाईको नवौं दिनको पुण्य तिथिको सन्र्दभ पारेर बागेश्वरी आध्यात्मिक परिषद् योगी नरहरीनाथ आश्रम देवघाटले उंहाकै निवास भरतपुर १२मा श्रद्धाञ्जली सभा गरेको छ । गोर्खा जिल्लाको देउराली गाविसमावसं १९७२ साल अषारमा सेढाई जन्मीनु भएको हो । उहाँहरु वि.स २०२८ सालदेखि चितवनमा वस्दै आउनु भएको छ । पुर्व जि.सी .अ अतिथिले नेपालको संस्थागत र निजि विद्यालयको भौतिक तथा शैक्षिक विकासको क्षेत्रमा धेरै योगदान रहेको छ । स्वर्गीय सेढाईका छोरा अतिथि वि.सं २०४५ सालदेखि २०६४ सालसम्म विभिन्न जिल्लामा जिल्ला शिक्षा अधिकारीको भुमिका निर्वाह गरी अहिले निर्वत्त उहाँ धेरै सामाजीक धार्मिक संघ संगठनमा आवद्ध हुनुहुन्छ । IMG_3577परिषद्को कन्द्धिय सदस्य अथिती साहित्यक क्षेत्रमा IMG_3578पनि सक्रिय हुनुहुन्छ ।। बागेश्वरी आध्यात्मिक परिषद् योगी नरहरीनाथ आश्रम देवघाटका अध्यक्ष शान्त प्रसाद पोख्रेलको अध्यक्षतामा भएको श्रद्धाञ्जली सभामा शिक्षाविद् पूर्व श्रोत व्यक्ति हरीभक्त अधिकारी, बालकुमारी उच्च मा.विका पूर्व प्र.अ शरदरञ्जन श्रेष्ठ , अधिकारी बन्धु समाजका रामजी अधिकारी लगायतकाले सन्तानको सफलतामा आमाको भुमिका अमुल्य रहने भन्दै शोक मन्त्वय व्यक्त गर्नु भएको थियो ।े स्वर्गीय उमा कुमारी सेढाईको १ छोरा र १ छोरी रहेका छन् । उहाँले परिवारको शिक्षा क्षेत्रमा महत्वपूर्ण योगदान पुर्याउनु भएको भन्दै शिक्षाविद्ध नाती चेतन सेढाईले उहाँको जीवनी बारे प्रकास पार्नु भएको थियो । सोही अवसरमा अधिकारी बन्धु समाजले पनि सेढाई प्रति श्रद्धाञ्जली व्यक्त गरेको छ ।

 

Leave a Comment

*