feedback

चितवन, मंसिर ८ । चितवन जिल्ला कारागार भरतपुरमा रहेका महिला कैदी बन्दिहरूको बिभिन्न कार्यक्रम सञ्चालनका लागि निर्माणधिन ट्रस भवनको उद्घाटन गरिएको छ ।

नवनिर्मित भवनको उद्घाटन प्रमुख जिल्ला अधिकारी बिनोद प्रकाश सिंहले गर्नु भएको थियो । उद्घाटन कार्यक्रममा बोल्दै प्रमुख जिल्ला अधिकारी सिंहले भवनले कारागारमा महिला कैदी बन्दिहरूका लागि विभिन्न कार्य गर्न सजिलो हुने बताउनुभयो ।

उहाँले सो भवनले महिला कैदी बन्दिलाई सिलाईकटाई लगायतका आयआर्जन हुने कार्यहरू गर्न सहज भएको भन्दै उत्पादित बस्तुहरूको बजार व्यावस्थापनमा समेत सहजिकरणमा सहयोग गर्ने प्रतिवद्धता समेत व्यक्त गर्नुभयो । कारागार भित्र महिला कैदी बन्दिहरू ठाउँको अभावमा बिभिन्न समस्या झेल्न परेकाले आफूहरूले ट्रस भवन निर्माणका लागि पहल गरेको डक्टर वाइफ एशोसियशनका अध्यक्ष ममता शर्मा न्यौपानेले बताउनुभयो ।

12234893_1197145650301619_1696388541981193896_n

क्षमता भन्दा बढी महिला बन्दि गृहमा बस्न परेको र भूकम्पपछि भवन क्षति भएकाले ट्रस भवनले बन्दि जीवन बिताउन बाध्य महिलालाई धेरै सहयोग पुग्ने बन्दी ऋतु पूरीले बताउनुभयो । कारागारमा २० जना बन्दी महिला राख्ने ठायँमा अहिले १ जना नाबालक सहित ५२ जना राखिएको जेलर कमल प्रसाद काफलेले जानकारी दिनु भयो ।

अहिले यो कारागारमा ५ सय ६७ जना कैदी बन्दिहरू राखीएको छ । कारागारको क्षमता जम्मा १२० जना कैदी बन्दि राख्न सक्ने रहेको छ ।एशोसियशनका अध्यक्ष न्यौपानको अध्यक्षतामा सम्पन्न उद्घाटन कार्यक्रममा स्थानिय विकास अधिकारी श्रवण कुमार पोखे्रल, एस एस पी रमेश खरेल, कारागारका निमित्त प्रमुख मोती लाल क्षेत्री र  मैयादेवी ट्रसका माहासचिव टंकनाथ पौडेल लगायतको सहभागिता रहेको थियो ।

ट्रस भवन चितवनमा रहेका सत्य साई बाबा परिवार, डक्टर्स वाईफ एशोसियशन, मानव सेवा आश्रम, शसस्त्र प्रहरी दल आँपटाडी, जिल्ला विकास समिति चितवन, लगायतका दाताहरूको सहयोगमा निर्माण गरिएको हो ।

12241458_1197145843634933_5078705670267526816_n

 

Leave a Comment

*