feedback

लेडि जेसिजमा शोभा

shovaसृजना अर्याल ,
चितवन ७ मंसिर
महिलाको नेतृत्व क्षमता बढाउन पहल गर्ने नारायणगढ लेडि जेसिजको नवनिवाचित अध्यक्ष शोभा गौतम खड्काले बताउनु भयो ।शनिवार नारायणगढ मा भएको नारायगढ लेडिज जेसिजको १९ औ शाखा अधिवेशनबाट उहाँ निवार्चित हुनुभएको हो ।12243308_797211443735487_1634445540374686695_n

 

 

 

 

अध्यक्ष खड्का नारायणगढ लेडि जेसिजको १९ औ शाखा अध्यक्ष्ुामा सर्वसम्मत निवार्चित हुनभएको हो । उहाँ सगै शनिवार १३ सदस्यीय कार्यसमिति पनि सर्वसम्मत नै चयन भएका छन् । क्षमता अभिवृद्धि ,शिप विकास , लगायतका महिला आत्मनिर्भर बन्न टेवा पुग्ने कार्यक्रम गरिरहेको नारायगढ लेडि जेसिज पुर्व अध्यक्ष गीता श्रेष्ठले बताउनु भयो । नारायणगढ लेडि जेसिजमा हाल ३७ जना महिला सदस्य हरु रहेका छन् ।

जेसीज १८ वर्ष देखि ४० वर्ष उमेर समूहका युवाको संस्था हो । यो संस्था नेतृत्व तथा व्यत्तित्व विकास संँगै सामाजिक कार्यमा क्रियाशिल हुँदै आएको छ ।

 

Leave a Comment

*