feedback

चिनियाँ प्रधानमन्त्री ली दक्षिण कोरियामा

South Korea China Japan Summit

सोल, १४ कात्तिक । चिनियाँ प्रधानमन्त्री ली कचियाङ शनिबार दक्षिण कोरियाको राजधानी सोल पुग्नुभएको समाचार छ ।

चीन, दक्षिण कोरिया र जापानबीचको त्रिपक्षीय सम्मेलनमा सहभागिताका लागि उहाँ त्यहाँ पुग्नुभएको बताइएको छ ।

सो सम्मेलनमा सहभागिताका लागि जापानी प्रधानमन्त्री सिन्जो अबे पनि शनिबारै सोल पुग्नुहुने छ ।
सो सम्मेलनमा चीन, जापान र दक्षिण कोरियाको त्रिपक्षीय छलफल र अन्तरक्रिया हुने बताइएको छ । उक्त सम्मेलनमा यी तीन देशको आन्तरिक समस्याका साथै आपसी साझा मुद्दामा छलफल हुने बताइएको छ ।

सो सम्मेलन आइतबार सुरु हुने छ । सो सम्मेलनमा पछिल्लो समयमा यी तीन देशबीचमा बढ्दै गएको असमझदारीका कारण बिग्रिएको भनिएको सम्बन्ध सुधारका क्षेत्रमा पनि वार्ता हुने बताइएको छ ।

चिनियाँ प्रधानमन्त्री लीले शनिबारै कोरियाली राष्ट्रपति पार्क गेन हाईबीच पनि वार्ता गर्नुहुने बताइएको छ । राष्ट्रपति हाई र जापानी प्रधानमन्त्रीबीच सोमबार सो वार्ता हुने छ । रासस÷सिन्ह्वा

 

Leave a Comment

*