feedback

नर्सको श्रम शोषण गर्नेविरुद्ध अभियान

पोखरा, भदौ १4। भ्रष्टाचारविरुद्ध अभियानले अस्पताल तथा नीजि क्लिनीकमा नर्सहरूमाथि गरिने श्रम शोषणविरुद्ध मुद्दा हाल्ने चेतावनी दिएको छ। अभियानका अध्यक्ष पारुल क्षेत्रीले पोखरामा आयोजित नर्सिङ क्षेत्रका सवाल, चुनौती र अवसर विषयक अन्तरकृया कार्यक्रममा  नर्सहरूको हकहितको लागि लडिरहने बताउँदै उनीहरूको श्रम शोषण गर्ने उपर मुद्दा हाल्ने चेतावनी दिनु भएको हो।

नर्सलाई विना पारिश्रमिक काममा लगाउने, नियुक्ति पत्र नदिने, लामो समयसम्म स्थायी नगर्ने, रोजगारीको सुरक्षाको प्रत्याभुति नहुनेलगायतका समस्यामा रहेकाले शोषणविरुद्ध आवाज उठाउन पोखरामा उक्त कार्यक्रमको आयोजना गरिएकोे अध्यक्ष क्षेत्रीले जानकारी दिनुभयो ।

अधिकाशं अस्पतालहरूमा अवैधानिक रुपमा स्वयंसेवकको नाममा नर्सहरूको श्रम शोषण भइरहेको भन्दै उहाँले उनीहरूको उचित ज्यालाको लागि देशव्यापी अभियान गर्ने बताउनुभयो। श्रमशोषण गर्ने अस्पतालविरुद्ध श्रम कार्यालय, राष्ट्रिय मानव अधिकार आयोग हुँदै सरोकारवाला निकायसम्म आफूहरूले नर्सहरूको मुद्दा लिएर जाने क्षेत्रीले जानकारी दिनुभयो।

पोखरामामात्रै करिब १८ वटा अस्पताल रहेका छन भने अधिकाशं अस्पतालमा नर्सलाई विना पारिश्रमिक काम गराइएको नर्सिङ संघका आजिवन सदस्य जिता बरालेको दाबी छ। बराल भन्नुुहुन्छ ‘पोखराका सामुदायिक अस्पतालदेखि निजि अस्पतालबाटै नर्सको श्रम शोषण भएको छ, स्वयंसेवा अवैध हो, यसमा कतिपय नर्सहरू अनभिज्ञ छन, अब सवै चुप लागेर बस्न हुदैन।’ नेपालमा करिब ६० हजार नर्स भएपनि हाल करिब २० हजार नर्स वेरोजगार भएको बरालले जानकारी दिनु भयो।

अर्न्तक्रियामा नाम नवताउने शर्तमा एक नर्सले भनिन् ‘भोलटन्यिरको नाममा सामुदायिकदेखि नीजि अस्पतालमा काम गर्दा २ वर्ष वित्यो। ७/८ लाख रुपैयाँ खर्च गरी अध्ययन गरेर बेरोजगार बस्नु पर्दाको पीडा भनि साध्य छैन।’ जहिले पनि घरमा आमाबाबुकाे कहिलेबाट पैसा कमाउने जागिर खान्छौ भन्ने प्रश्नले आफू हैरान भएको उनको गुनासो थियो।

कार्यक्रममा पश्चिमाञ्चल क्षेत्रीय अस्पतालका मेडिकल सुपरिटेण्डेण्ट डाक्टर श्रीकृष्ण श्रेष्ठले राजनैतिक पार्टीबाट दबाव आएका कारण आफूहरूले बाध्य भएर भोलेन्टेयर राख्नु परेको दाबी गर्नुभयो।

– See more at: http://mahilakhabar.com/?p=5195#sthash.6EbSg6Dl.dpuf

 

Leave a Comment

*