feedback

यस वर्षको गाइजात्रा पर्व

 

भदौ १३-बिगतमा जस्तै यस वर्ष पनि गाइजात्रा पर्व आइतवार नेपालमा विभिन्न कार्यक्रम गरि मनाइयो । जनैपुर्णिामा को भोलीपल्भट यस पर्व मनाउने गरिन्छ । यस पर्वकै अवसर पारेर नेपालका हास्यव्यगकार कवि तथा कलाकारहरुले विभिन्न कार्यक्रमहरु गरे ।
उपत्यकामा आइतवारदेखि गाईजात्रा पर्व सुरु भएको छ । गाईजात्राको पहिलो दिन आइतवार बिहानदेखि काठमाडौँको हनुमानढोकामा गाईलाई सिँगारी बजार परिक्रमा गर्नेको भीड लागेको IMG_0156थियो ।
काठमाडौँका राजा प्रताप मल्लले सुरु गरेको यो जात्रामा एक वर्षभरि मृत्यु भएका आफन्तजनको सम्झनामा केटाकेटी र गाईलाई सिँगारी काठमाडौँको सहर घुमाइने गरिन्छ ।
मल्ल राजाको राजदरबार हनुमानढोकादेखि सुरु गरिने यो जात्रामा सहभागीहरु कुमारीको रथ तान्ने मार्ग भएर घुम्ने गर्छन् ।
काठमाडौँका ठाउँठाउँमा बाटामा उभिएका मृतकका आफन्तजन तथा श्रद्धालुहरुले पहेँलो वस्त्र लगाएका केटाकेटीलाई दूध, फलफूल, रोटीका साथै अन्य परिकार खुवाइरहेका थिए । यस पटक यसरी खाद्यवस्तु लिन खोज्नेमा साधु, जोगी र बरालिएर हिँड्ने बालबालिका अधिक रुपमा देखिन्थ्यो । कतिपयले बाजागाजासहित गाईजात्रा निकालेका थिए ।
हिन्दू संस्कारअनुसार भाद्र कृष्ण अष्टमीसम्म यो पर्व मनाउने गरिन्छ ।
राजा प्रताप मल्लको पुत्रको अल्पायुमै निधन भएपछि विक्षिप्त भएकी आफ्नी रानीलाई दुनियाँदारका थुप्रै आफन्तजनको पनि मृत्यु हुन्छ भनेर देखाउन गाईजात्रा निकाल्न लगाएको इतिहास छ ।
। नेवार समुदायका मानिस ‘बहि द्यः’ (दीपंकर बुद्ध) को दर्शन गर्न काठमाडौँका विहार विहार घुम्छन् । यो क्रम केही दिनसम्म जारी रहन्छ ।

यस वर्षको गाईजात्रा ललितपुरवासीले भूकम्पको पीडासँगै मनाएका छन् ।

IMG_0140 ‘गोरखा भूकम्प’ले दिएको पीडा बिर्सन नपाउँदै यहाँका बासिन्दाले परम्परागतरुपमा चल्दै आएको जात्राको संरक्षण र सम्वद्र्धनका लागि जात्रा मनाएका हुन् । गाईजात्रा अघिल्लो वर्ष झैँ धुमधामसँग भने यस वर्ष हुन सकेन ।

भूकम्पको पीडा एकातिर रहेपनि परम्परा जोगाउन चापागाउँ, थेचो, सुनाकोठी, हरिसिद्धि, ठैव, पाटन, खोकना, वुङ्मतीलगायत स्थानीयवासीले गाईजात्रा मनाएका छन् । जात्रासँगै सांस्कृतिक झाँकी, विभिन्न भेषभूषामा सुसज्जित भएका मानिस विभिन्न स्थानबाट निस्किएका थिए ।

विभिन्न स्थानबाट गाईलाई पूजा गरी घुमाइएको दृश्य देखिएको र यसरी घुमाइएको गाइलाई सर्वसाधारणले पूजा गरिरहेको दृश्यसमेत बाटोमा देखिएको थियो ।

यसरी जात्रामा सरिक हुँदा मृतकको आत्माले शान्ति पाउने जनविश्वास रहेको थेचो गाविसका स्थानीय गजेन्द्र महर्जनले बताउनुभयो । मृतकको परिवारको सदस्यले सेतो लुगा लगाएर भिक्षा माग्ने प्रचलन रहँदै आएको उहाँको भनाइ छ । यस पर्वमा मृतकका परिवारका तर्फबाट फलपूmल, विस्कुटलगायत वस्तु दान गर्ने प्रचलनसमेत रहेको छ ।

भूकम्पको पीडा रहेपनि आफ्नो परम्परागत संस्कृति जगेर्ना गर्न गाईजात्रामा सामेल हुनु परेको हरिसिद्धिका स्थानीय वीरेन्द्र महर्जनले बताउनुभयो । भूकम्पमा परेर यहाँ २५ जनाले ज्यान गुमाएको र सात सयको हाराहारीमा घर ध्वस्त भएको थियो ।

 

Leave a Comment

*