feedback

आज देशै भरि जनैपुर्णिामा पर्व मनाइयो ः बन्दका कारण तराईमा जनैपुणिामा पर्व प्रभावित

१२ भदौ, काठमाडौँ । श्रावण शुक्ल पूर्णिमाका अवसरमा शनिबार जनैपूर्णिमा तथा ऋषितर्पणी पर्व मनाइँदैछ ।

प्रत्येक वर्षको श्रावण शुक्ल पूर्णिमाका अवसरमा जनैपूर्णिमा पर्व मनाउने प्रचलन रहिआएको छ ।

यसै दिन आत्माको शुद्धीकरण र शरीरको रक्षाका लागि ब्राह्मण पुरोहितको हातबाट नाडीमा रक्षाबन्धन बाँध्ने प्रचलन रहेको नेपाल पञ्चाङ्ग निर्णयक समितिका अध्यक्ष प्रा डा रामचन्द्र गौतमले बताए ।

“शास्त्रीय मान्यताअनुसार विशेषगरी तागाधारी (ब्राह्मण, क्षेत्री, वैश्य) वर्गले वर्षदिन वेद पढ्नुपर्ने र त्यसको साङ्गे (समाप्ति)को दिनका रुपमा जनै पूर्णिमालाई लिइन्छ,” उनले भने –“यस दिन स्नान गरी सप्तऋषिसहित ब्रह्मा विष्णु महेश्वरको पूजा गरी जनै मन्तरेर त्यसलाई धारण गर्ने प्रचलन छ ।

गाधारीले कश्यप, अत्रि, भारद्वाज, गौतम, जमदग्नि, विश्वामित्र र अरुन्धतीसहित सप्तऋषिलाई तर्पण दिने भएकाले जनैपूर्णिमालाई ऋषि तर्पणी पनि भन्ने गरिएको छ ।

यो दिन पाटनको कुम्भेश्वर, रसुवाको गोसाइँकुण्ड, नुवाकोटको देवीघाटल15082922IMG_9887गायतका धार्मिक क्षेत्रमा ठूलो मेलासमेत लाग्ने गर्दछ ।

तराई क्षेत्रमा दिदी बहिनीले आफ्ना दाजुभाइको नाडीमा दीर्घायु तथा सुस्वास्थ्यको कामना गर्दै राखी बाँध्ने चलन रहेकामा पछिल्ला वर्षमा पहाडी क्षेत्रमा पनि राखी बाँध्न थालिएको छ । नेवार समुदाय भने यस पर्वलाई गुन्हु पुन्हीको रुपमा मनाउँछन् ।

जनैपूर्णिमाका दिन मास, भटमास, केराउ, मुग, चना, सिमी, गुराँस र बोडी गरी नौ थरिका गेडागुडी मिसाएर बनाइएको क्वाँटी खाने चलन छ ।

खेतीपातीका क्रमममा थकित शरीरमा शक्ति प्रदान गर्न टुसा आएको पौष्टिक तत्वयुक्त क्वाँटी खाइनुले यसलाई प्रकृतिसम्मत पर्वका रुपमा पनि लिइन्छ ।

गोसाइँकुण्ड यस वर्ष पनि मेला लाग्यो 

जनैपूर्णिमाको अवसरमा रसुवा जिल्लामा अवस्थित गोसाइँकुण्ड तीर्थस्थलमा लाग्ने मेला सम्पन्न भएको छ ।

गोसाइँकुण्ड क्षेत्र विकास समितिका अध्यक्ष संजीव डिएimagesमका अनुसार यस वर्षको मेला भर्न एक हजार भक्तजन आएको अनुमान गरिएको छ ।

पाँच हजार भक्तजन गोसाइँकुण्ड पुग्ने अनुमान गरिए पनि भूकम्पका परकम्प दिनानुदिन आइरहँदा भक्तजनमाझ त्रास सिर्जना भइरहनु र अर्कोतर्फ १२ वर्षे गोदावरी मेला यसैवर्ष परेका कारण गोसाइँकुुण्डका यात्रु घटेको अनुमान गरिएको छ ।

गोसाइँकुण्ड जाने भक्तजनलाई नेपाली सेना नारायण दल गण, नेपाल प्रहरी, हिमालयन उद्धार सङ्घ, जिल्ला स्वास्थ्य कार्यालय स्थानीय होटल व्यवसायी समेतका निकायले सहयोग पुु¥याएको गोसाइँकुण्ड क्षेत्र विकास समितिले जनाएको छ

बन्दका कारण रक्षाबन्धन पर्व प्रभावित

 

लगातार १५ दिनदेखिको बन्द हडतालका कारण तराइका जिल्लामा दाजुभाइ दिदीबहिनीको प्रेमको प्रतीकका रुपमा मनाइने गरिएको रक्षाबन्धन पर्व प्रभावित भएको छ ।

प्रत्येक वर्ष साउन पूर्णिमाको दिन मनाइने यस पर्वका अवसरमा दिदीबहिनीले दाजुभाइको नाडीमा रक्षाको धागो अर्थात् राखी बाँधेर आर्शीवचन लिनेदिने चलन रहेको छ ।

विराटनगरलगायत तराइका विभिन्न बजारमा यसअघिका वर्षमा दुई सातादेखि नै विभिन्न रङ्गका राखी व्यापक रुपमा बिक्री हुने गथ्र्यो । यस वर्ष निरन्तर बन्दका कारण राखीको व्यापार पनि घटेको छ ।

सार्वजनिक यातायातका साधन नचल्दा राखी बाँध्न कतिपय दिदीबहिनी माइत जान सकेनन् भने दाजुभाइ पनि राखी बाँध्न आउन सकेनन् ।

 

 

 

Leave a Comment

*