feedback

नेपाल ट्रेड यूनियन काँग्रेसद्वारा भुकम्प पीडितलाई १३ लाख ६० हजार रकम सहयोग

 
काठमाडौं भदौ १२,,,indexनेपाल ट्रेड यूनियन काँग्रेसले २०७२ साल बैशाख १२, १३ र २९ गते गएको भुकम्पमा परी मृत्यु भएका श्रमिक तथा श्रमिकका परिवार गरी १०१ जनालाई १३ लाख ६० हजार रकम वितरण गरेको छ। काठमाण्डौंमा आयोजित कार्यक्रममा उप प्रधानमन्त्री एवं नेपाली काँग्रेसका महामन्त्री प्रकाशमान सिंहले १०१ जना ट्रेड यूनियनका सदस्य र सदस्यका परिवारलाई सो रकम वितरण गर्नुभएको थियो। नेपाल ट्रेड यूनियन काँग्रेसले भुकम्पबाट प्रभावित १४ जिल्लाका प्रभावितलाई तत्काल रकम उपलव्ध गराएको र बाँकी रहेका सदस्यलाई आगामी दिनमा वितरण गर्ने कार्यक्रम रहेको छ। विभिन्न बैदेशिक सहयोगी संस्था र आफ्ना सदस्यबाट संकलन गरेको रकमबाट मृतक सदस्यलाई प्रति व्यक्ति रु। २० हजार र सदस्यका परिवारलाई प्रतिव्यक्ति रु।१० हजारका दरले १३ लाख ६० हजार रकम वितरण गरेको हो।

रकम वितरण कार्यक्रमलाई संवोधन गर्दै उपप्रधानमन्त्री तथा नेपाली काँग्रेसका महामन्त्री प्रकाशमान सिंहले पीडित आफ्ना सदस्यलाई आर्थिक सहयोग उपलव्ध गराई महत्वपूर्ण र मानवीय कार्य गरेको बताउनुभयो। उहाँले नयाँ बन्ने संविधानमा श्रमिकहरुको भावनाको कदर गर्दै श्रमिको मुद्धालाई समावेश गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो।

नेपाल ट्रेड यूनियन काँग्रेसका अध्यक्ष खिलानाथ दाहालले रकम वितरण गर्न बाँकी रहेका सदस्यलाई आगामी दिनमा अन्य कार्यक्रम मार्फत रकम वितरण गर्ने र पीडित श्रमिकहरुलाई रोजगारको अवसर प्रदान गर्न सहयोग पुर्याउने बताउनुभयो।

ट्रेड यूनियनका नेता एवं सभासद् पुष्कर आचार्य, क्ष्ीइ का प्रतिनिधि नारायण भट्टराई, ग्ल्क्ष्का प्रतिनिधि राजेन्द्र आचार्य, ल्त्ग्ऋका बरिष्ठ उपाध्यक्ष एवं नेपाली काँग्रेसका आमन्त्रित केन्द्रीय सदस्य रामजी कुँवर, उपाध्यक्ष गणेश निरौला तथा महासचिव महेन्द्र प्रसाद यादवले समेत भुकम्पको विपत्तिबाट पीडित भएका श्रमिक तथा श्रमिक परिवारको आर्थिक उत्थान र समृद्धिका लागि निरन्तर सक्रिय रहने प्रतिवद्धता व्यक्त गर्नुभएको थियो।

नेपाल ट्रेड यूनियन काँग्रेसमा आवद्ध संघ र जिल्ला समितिबाट प्राप्त विवरण अनुसार भुकम्पमा परी मृत्यु हुनेको संख्या ६० र सदस्यको परिवार मृत्यु हुने संख्या ७३, वेपत्ता संख्या ५, अंगभंग भएका ५, पूर्ण वा आंशिक घर क्षति भएको संख्या २५ हजार रहेको छ।

 

Leave a Comment

*