feedback

भारतद्वारा युएई पराजित, न्युजिल्याण्डले अस्ट्रेलियालाई हरायो

काठमाडौ, १६ फागुन । विश्वकप क्रिकेट प्रतियोगिताको खेलमा आज न्यूजिल्याण्ड र भारत बिजयी भएका छन् ।
प्रतियोगिताको पहिलो खेलमा न्यूजिल्याण्डले अष्ट्रेलियामाथि संघर्षपूर्ण जित निकालेको छ । एडेनपार्कमा टस जितेर पहिले व्याटिङ रोजेको अस्ट्रेलियाले ३२ दशमलव २ ओभरको समाप्तिमा सबै विकेट गुमाउँदै १ सय ५१ रनको जोड्न सफल भएको हो । १ सय ५२ रनको लक्ष्य लिएर जवाफि ब्याटिङमा उत्रिएको न्यूजिल्याण्डले २३ दशमलब १ ओभरमा ९ विकेट गुमाउदै लक्षय भेटाउन सफल भयो ।
खेलमा न्यूजिल्याण्डको लागि ब्रान्डन म्याकुलमले सर्बाधिक ५० रनको योगदान गरे । यस्तै केन विलियम्सनले अविजित ४५ रनको योदान गर्दा कोरे एन्डरसनले २६, मार्टिन गुप्तेलले ११ रनको योगदान गरे । बलिङतर्फ अस्ट्रेलियाको लागि मिटसेल स्ट्राकले सर्बाधिक ६ विकेट हात पारे ।
यस्तै पहिले ब्याटिङ गरेको अस्ट्रेलियको लागि डेभिड वार्नर टिम साउथी एलबीडब्लुको धरापमा पर्दै ३४ रनको योगदान गर्दा सेन वाट्सनले २३ रन, ब्रड हडेनले ४३, मेकेल क्लार्कले १२ तथा एरोन फिन्च १४ रनमा पेभिलियन फर्केका थिए । यस्तै बलिङतर्फ न्युजिल्यान्डका लागि ट्रेन्ट बोल्टले सर्वाधिक ५ विकेट हात पार्दा टिम साउथी र डेनियल भिटोरीले समान २÷२ विकेट हात पारे ।
यस्तै आजै भएको दोस्रो खेलमा डिफेन्डीङ च्याम्पियन भारतले युएइलाई ९ विकेटले पराजित गरेको छ । ३१ दशमलब ३ ओभरको समाप्तिमा सबै विकेट गुमाउदै प्रस्तुत गरेको लक्ष्य भारतले मात्र  एक विकेटको क्षतिमा १८ दशमलब ५ ओभरमा एक विकेट गुमाउदै लक्ष्य भेटाउन सफल भयो । खेलमा भारतका लागि शिखर धवनले १४ रनको योगदान गर्दा बिराट कोहली अविजीत ३३ तथा रोहित शर्माले ५७ रनको योगदान गरे । बलिङ तर्फ एक मात्र विकेट युएइको लागि कप्तान मोहम्मद नाबीले लिएका थिए ।
यस अघि टस जितेर पहिले ब्याटिङ थालेको युएईले ३१ दशमलब ३ ओभरमा सबै विकेट गुमाउदै मात्र १ सय २ रन जोड्न सफल भएको थियो । खेलमा युएइको लागि मञ्जुला गुर्गेले अविजीत १० रनको योगदान गर्दा साहीमन अन्वारले ३५, खुरम खानले १४ रन जोडे । युएइलाई सस्तैमा समेट्ने क्रममा भारतका लागि  रबिचन्द्र अश्विनले सर्बाधिक चार विकेट हात पार्दा यादव कुुुवर र रबिन्द्र जडेजाले समान २÷२ विकेट हात पारे ।

 

Leave a Comment

*