feedback

तीस दलीय जनसभामा कसले के भने ?

काठमाडौ, १६ फागुन । एकीकृत नेकपा माओवादी अध्यक्ष प्रचण्डले काग्रेस एमाले नसच्चीए जनताले राजधानी मात्र नभई जिल्लाहरुसमेत कब्जा गर्ने चेतावनी दिनुभएको छ ।
३० दलिय गठवन्धनको सभालाई आज खुल्ला मञ्चमा सम्वोधन गदैं अध्यक्ष प्रचण्डले सत्तापक्षले गरेका कम्जोरीहरु नसचाए प्रत्येक जिल्ला जनताले कब्जा गर्ने चेतावनी दिनुभएको हो । जनताले विगतका उपलव्धिलाई संस्थागत गर्ने आन्दोलन थालेकाले नेपाली काग्रेस–एमालेले थेग्न नसक्ने प्रचण्डले बताउनुभयो ।
संविधानसभाका लागि हजारौ जनताका छोराछोरीले रगत वगाएको भन्दै संविधानसभा काग्रेस–एमालेको पेवा नभएको भनाई छ । संविधानसभा अल्पमत र वहुमतको खेल खेल्ने ठाँउ नभएको उहाँको तर्क छ । अवको आन्दोलन विद्रोहात्मक हुने भन्दै प्रचण्डले काँग्रेस–एमालेले परिवर्तनकारी पक्ष्ँको कुरा नसुने देश ३० दलको कब्जामा जाने दावी गर्नुभयो ।
एमाले र काग्रेस एउटै पार्टी भएकाले प्रचण्डले मुलुकमा एमाले पार्टी आवश्यक नरहेको उहाँको टिप्पणी छ । उहाँले एमाले आफना राजनीतिक एजेन्डाहरुलाई छाडी कांंग्रेससँग विलय भएको आरोप लगाउनुभयो । कांग्रेस र एमाले दुई पार्टी भन्ने भ्रम हटाउन आग्रह गर्दै एमालेले विगतका आफ्नै प्रतिवद्धताहरु विर्सीएर काँग्रेसको पुच्छर भएको प्रचण्डको आरोप छ ।
सहमती कि मुडभेड भन्ने विषयमा बल सत्तापक्षकै कोर्टमा रहेको बताउदै प्रश्नावली समिति विघटन गरे ३० दलीय मोर्चा वार्तामा वस्न तयार रहेको प्रचण्डको भनाई छ । प्रचण्डले प्रधानमन्त्री कोइरालालाई भ्रष्ट मन्त्रीहरुलाई कारबाही गर्न वा त्यसो गर्न नसके राजीनामा दिन सुझाव समेत दिनुभयो । प्रचण्डले बालिका बलात्कार गर्नेलाई अहिलेसम्म कारवाही गर्न नसेको भन्दै बलात्कारीलार्ई मृत्युदण्डको सजाय दिने कानून आवश्यक भएको बताउनुभयो । उहाँले आफुहरुको शान्तिपूर्ण आन्दोलनमा सरकारले दमन गरेको भन्दै घोर भत्सर्ना गर्नुभयो । सरकार आफुहरुको शक्ति देखेर दमनमा उत्रिएको भन्दै प्रचण्डले निशेधित क्ष्ँेत्र तोड्ने बहादुर  घाइतेप्रति सहानुभूत प्रकट गर्नभयो ।
यस्तै एकीकृत नेकपा माओवादी नेतृत्वको ३० दलिय मोर्चाका नेताहरुले काग्रेस–एमालेले सहमती लत्याएर वहुमतीय प्रक्रियामा संविधान जारी गरे गल्तीको मुल्य चुकाउनुपर्ने चेतावनी दिएका छन् ।
राजधानीमा आयोतित शक्ति प्रदर्शनसहितको सभालाई सम्वोधन गर्दै नेताहरुले सहमतीमै संविधान जारी नगरे गम्भीर परिणाम भोग्नुपर्ने चेतावनी दिएका हुन् । एकीकृत माओवादी वरिष्ठ नेता डाक्टर वावुराम भट्टराईले सप्तरङ्गी धनुषलाई एकैरङको इन्द्रधनुस देख्ने प्रवृती त्याग्न काग्रेस–एमालेका नेताहरुलाई आँखा जचाउन व्यङग्यात्मक सुझाव दिनुभयो ।
मधेशी जनअधिकार फोरम लोकतान्त्रिकका अध्यक्ष विजयकुमार गच्छदारले अधिकारका लागि संविधान सभाभित्र र सडक दुवै ठाँउमा लड्न आफूहरु तयार रहेको वताउनुभयो ।
मधेशी जनअधिकार फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले काग्रेस–एमालेलाई विगतका सम्झौता नविर्सन आग्रह गर्नुभयो ।
तराई मधेश लोकतान्त्रिक पार्टीका सह–अध्यक्ष हृदयेश त्रिपाठीले प्रधानमन्त्री शुशिल कोइराला र एमाले अध्यक्ष खड्गप्रसाद शर्मा ओली दुवै परिवर्तन विरोधी भएको आरोप लगाउनुभयो ।
संघिय समाजवादीका अध्यक्ष अशोक राईले काँग्रेस एमालेले संंविधानसभालाई प्रतिगमनको औजार वनाएको आरोप लगाउनुभयो ।
यस्तै जनसभामा सदभावना पार्टीका अध्यक्ष राजेन्द्र महतोले काग्रेस–एमालेले झुठको खेती गरेको आरोप लगाउनुभयो ।
राष्ट्रिय मधेश समाजवादी पार्टीका अध्यक्ष सरदसिहंं भण्डारीले जनतालाई अदालतको संज्ञा दिदै सत्तापक्षविरुद्ध ठगी मुद्दा हाल्ने चेतावनी दिए ।
तराई मधेश सदभावना पार्टीका अध्यक्ष महेन्द्र राय यादवले आन्दोलनकारीका झण्डा राखिएका लाठीहरु खोसेको प्रंसग उल्लेख गर्दै भारतमा महात्मा गान्धीले लाठीले नै अँग्रेजलाई भगाएको भन्दै सत्ताधारीलाई पनि त्यसै गर्ने दावी गर्नुभयो ।
संविधानसभामा सुरु भएको बहुमतीय प्रक्रिया रोकेर सहमतीका लागि दवाव दिन भन्दै जनसभा आयोजना गरिएको नेताहरुको कथन थियो ।

 

Leave a Comment

*